नेपाल हुँदै भारत पुग्छ विदेशी मरीच

विराटनगर — ब्राजिल र भियतनामलगायत तेस्रो मुलुकबाट लेटर अफm त्रेडिटमार्फत आयात भएको मरीच भारततर्फ चोरी निकासी हुने गरेको छ । भारतले मरीच आयातमा एन्टी डम्पिङ शुल्क लगाउँदै भन्सार महसुल पनि बढी लिने गरेको छ ।

त्यसैले नेपाल भित्रिएको मरीच भारततर्फ चोरी निकासी हुने गरेको मरीच सम्बद्ध एक व्यवसायीले बताए ।

नेपालमा मरीच आयातमा एन्टिडम्पिङ शुल्क लाग्दैन । भन्सार महसुल पनि भारतको भन्दा कम छ । ती व्यवसायीले भने, ‘नेपालमा भन्दा भारतमा मरीच प्रतिकेजी कम्तीमा तीन सय रुपैयाँ महँगो भएका कारण चोरी निकासी बढेको हो ।’ नेपालमा मरीच आयात गर्दा २० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट लाग्छ । भारतमा मरीचमा ४० प्रतिशत भन्सार महसुल छ ।

विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो जेठदेखि यो जेठसम्ममा ब्राजिल र भियतनामबाट एक अर्ब ६९ लाख १६ हजार मूल्यबराबरको २ हजार ४ सय २२ टन मरीच आयात भएको छ । भन्सारले यसबाट २६ करोड ५३ लाख ६४ हजार राजस्व असुली गरेको छ ।

‘जति आयात हुन्छ, त्यो प्रायः भारततर्फ चोरी निकासी हुने गरेको छ,’ एक व्यवसायीले भने, ‘मरीचको भन्सार जाँचपास भएर विराटनगर बजार पुगेलगत्तै सीमावर्ती छोटी भन्सार नाका पुगिहाल्छ ।’ मरीचको आयातकर्ता पनि सीमावर्ती क्षेत्रकै व्यवसायी छन् । उनीहरूले भन्सार जाँचपास भएर भित्रिएको मरीच तरिगामा, कर्सिया, रंगेली र डाइनियाको छोटी भन्सार नाका पुर्‍याएर भारत छिराउने गरेका छन् ।

विराटनगर महानगरपालिकासँग जोडिएको जहदा गाउँपालिका १ का भुटाहा र लङका बस्ती मरीच कारोबारीहरूको अखडा मानिन्छ । एक व्यवसायीले भने, ‘त्यहींका कारोबारीले ५९ किलोमिटर लामो सीमा क्षेत्रका विभिन्न नाकाबाट भारत पुर्‍याउने गरेका छन् ।’ स्रोतका अनुसार जहदाको भुटाहा र लङका बस्तीका अधिकांश परिवारको मुख्य पेसा नै यताको सामान उता र उताको यता ल्याउनु हो ।कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?