बागमती नहरमा पानी छाडेपछि किसान खुशी

सर्लाही, असार २२ गते । सर्लाही र रौतहटमा सिँचाई सुविधा उपलब्ध गराउँदै आएको बागमती सिँचाई आयोजनाले आइतबारदेखि नहरमा पानी छाडेपछि किसान खुशी भएका छन् ।

नहर मर्मत भैरहेको भन्दै असार सक्किनै लाग्दा नहरमा पानी नछाड्दा किसान निराश भएका थिए । मर्मतको काम सकेर सर्लाहीतर्फ आइतबारदेखि र रौतहटतर्फ सोमबारदेखि पानी छाडिएको बागमती सिँचाई आयोजनाका प्रमुख विनयकुमार गामीले जानकारी दिनुभयो । उहाँका अनुसार सर्लाहीतर्फ प्रतिसेकेण्ड २० हजार लिटर र रौतहटतर्फ प्रतिसेकेण्ड १७ हजार लिटर पानी पठाइएको छ ।

आयोजनाले सर्लाहीमा २२ हजार छ सय र रौतहटमा २३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा पु¥याउँदै आएको छ । सर्लाहीतर्फ पछिल्लो समय पाँच हजार भन्दा बढी खेतीयोग्य जमिन थप भएका आयोजनाले जनाएको छ ।

किसानबाट केही समय अघिदेखि नै पानीको माग भए पनि नहर मर्मत गर्न समय लागेकाले ढिलो गरी पानी छाडिएको आयोजना प्रमुख गामीले बताउनुभयो ।

पर्याप्त वर्षा भैनसकेकाले खोलामा पानी नहुञ्जेल शाखा नहरहरुमा पालैपालो पानी छाडिने छ ।
बागमती नगरपालिका–१०, शङ्करपुरका किसान रामबहादुर खत्रीले नहरमा पानी आएपछि रोपाइँको तयारीमा जुटेको बताउनुभयो ।

बागमती सिँचाई आयोजनाले नहरमा पानी छाडेपछि पश्चिमी भेगका किसान खुशी भए पनि आकाशे वर्षाको भरमा खेती हुने जिल्लाका अरु क्षेत्रका किसान भने पर्याप्त वर्षा नहुँदा निराश भएका छन् । ठूलो पानी पर्न नसक्दा जिल्लाका किसानले राखेको धानको बीउ समेत सुक्न थालेको छ । यस वर्ष बैशाख÷जेठको खडेरीले सर्लाहीका किसानले लगाएको मकै सखाप भएको थियो ।गोरखापत्र

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

1 thought on “बागमती नहरमा पानी छाडेपछि किसान खुशी

  1. Pingback: Web Hosting

Leave a Reply

Your email address will not be published. Required fields are marked *