दूधको मूल्य नबढ्दा किसान निराश

(चितवन) — तीन वर्षअघि दूधको मूल्य बढ्यो । पशु बिमामा पनि सरकारले सहुलियत दिन थाल्यो । त्यसबाट उत्साहित खैरहनीका युवाले गाई–भैंसी पाल्न थाले । अहिले भने उनीहरू निराश छन् । दूधको मूल्य नबढेको धेरै भयो । दाना चोक्करको मूल्य भने घटदैन । विदेशबाट फर्केर दुग्ध उत्पादनमा लागेका युवाको उत्साह पनि सेलाएको छ ।

पूर्वी चितवनको खैरहनीस्थित नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थामा दिनमा पाँच हजार लिटरसम्म दूध संकलन हुन्छ । संस्थामा चार सयभन्दा बढी सेयर सदस्य छन् । अध्यक्ष कमलराज थपलियाका अनुसार विदेशबाट फर्केर गाइभैंसी पाल्ने युवाले सञ्चालन गरेका ४० भन्दा बढी व्यावसायिक फार्ममा उत्पादित दूध पनि सहकारीमा आइरहेको छ ।
दूधले उचित मूल्य नपाउँदा उनीहरू मर्कामा छन् । ‘दूधको सरदर मूल्य प्रतिलिटर ४५ रुपैयाँ छ । किसानको श्रमको मूल्य र जग्गाको भाडा जस्ता कुरा त्यसमा जोड्ने हो भने एक लिटर दूध उत्पादन गर्न ५५ देखि ५८ रुपैयाँसम्म खर्च हुन्छ,’ सहकारीका निवर्तमान अध्यक्ष बालकृष्ण उप्रेतीले भने ।

किसानले कम्तीमा प्रतिलिटर ५० रुपैयाँ मूल्य पाए सञ्चालन खर्चको जोहो हुन सक्ने बताए । ‘यो कुरा कसैले मनन गरेनन्,’ स्थानीय किसान डिलाराम सापकोटाले भने । २०७१ माघमा शिवपार्वती गाई फार्म दर्ता गरेर दूध उत्पादन सुरु गरेका सापकोटा मलेसियाबाट फर्किएर यो व्यवसायमा लागेका हुन् । उनी त्यहाँ राम्रो काम नपाएर फर्केका थिए ।

‘हाम्रो सहकारीको साधरणसभामा अतिथि भएर कृषि विकास बैंकका ‘हाकिम’ आउनुभएको थियो । भाषण अहिले पनि सम्झिरहेको छु । उहाँले गाई पाल्नुहोस् बैंकले ६ प्रतिशत ब्याजदरमा ऋण दिन्छ भन्नुभयो,’ सापकोटाले सुनाए । उनी फार्म दर्ता गरेर ऋण झिक्न गए । ६ प्रतिशतमा हैन १२ प्रतिशतमा ऋण पाइने भयो । सरकारले पाँच प्रतिशत ब्याजदरका कृषि कर्जा दिने नीति ल्याएको छ । संस्थाका उपाध्यक्ष सुशील कँडेल कुनै पनि किसानले यो सहुलियत नपाएको बताउँछन् ।

सात वर्ष मलेसिया र सात वर्ष साउदी अरबमा काम गरेका नारायणप्रसाद जैसीले बैंकबाट ३५ लाख रुपैयाँ ऋण लिएर गाई पाल्न सुरु गरे । पाँच वर्ष कोरिया बसेर फर्केका नारायणप्रसाद घिमिरेको पनि ज्वालामुखी गाई फार्म छ । ‘हामीले भेटघाटमा युवाहरूलाई विदेश नगएर गाई पाल भनिरहेका छौं । युवाहरूले माने । अहिले अवस्था प्रतिकूल हुँदै आयो । हाम्रो ओंठ तालु सुक्ने गरेको छ,’ सहकारीका निवर्तमान अध्यक्ष उप्रेतीले भने । उनका अनुसार ०७३ फागुनयता दूधको मूल्य बढेको छैन ।

‘गत वर्षको वैशाख र जेठमा मिल्क होली डे भयो भनेर डीडीसीले प्रति लिटर तीन रुपैयाँ र निजी डेरी उद्योगले दुई रुपैयाँ मूल्य घटाए । दूधको मूल्य बढेको नबढेझैं भयो,’ उप्रेतीले भने । ०७३ मा दूधको सरदर मूल्य ४५ रुपैयाँ लिटर थियो । बढेर साढे ४८ रुपैयाँ भएको थियो ।

सरकारले सहकारीमा दूध बेच्ने किसानलाई प्रतिलिटर एक रुपैयाँ अनुदान दिन्थ्यो । अहिले त्यो हटेको छ । प्रदेश सरकारले प्रतिलिटर २५ पैसा र नगरपालिकाले १२ पैसा अनुदान दिन्छ । मूल्य र सहुलियत घटदा दाना, चोक्करको मूल्य भने बढदो छ । ‘०७३ सालमा एक बोरा अर्थात् ४० किलो चोक्करको मूल्य १ हजार रुपैयाँसम्म थियो ।कान्तिपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments