महँगियो मासु

काठमाडौँ — हरियो तरकारीको मूल्यले बजार तातिरहेको बेला व्यवसायीले ताजा मासुको मूल्य पनि बढाएका छन् । पोल्ट्री तथा मासु व्यवसायीले बाढीपहिरो र दानामा भन्सार वृद्धि भएको बहानामा मूल्य बढाएका हुन् ।

नेपाल माछामासु व्यवसायी संघ, पोल्ट्री व्यवसायी मञ्च, भ्याली कोल्ड स्टोरका अनुसार मूल्य १० देखि १५ प्रतिशतले मूल्य बढेको छ । ‘कच्चा पदार्थको मूल्य बढ्यो, बर्डफ्लूको हल्लाले किसान घाटामा गए,’ पोल्ट्री व्यवसायी मञ्चका पूर्वअध्यक्ष शंकर कँडेलले भने, ‘उत्पादन लागत नउठेपछि किसानले चल्ला हालेका छैनन् । यसले गर्दा कुखुराको मूल्य १० देखि १५ प्रतिशतले बढेको छ ।’ मञ्चका अनुसार मुलुकभर दैनिक १० लाख कुखुरा खपत हुन्छ । अहिलकै अवस्थामा उत्पादन ४० प्रतिशत घटेको उनले बताए ।

व्यवसायीका अनुसार कुखुराको माग बढ्दो छ । भन्सार दर वृद्धिले उत्पादन लागत नउठेको व्यवसायीहरू बताउँछन् ।
भ्याली कोल्ड स्टोरका सञ्चालक सक्षम घिमिरे दानाका लागि कच्चा पदार्थमा मुख्यतः भारतमै निर्भर हुनुपर्छ । अधिकाश मकै, भटमास भारतबाट आयात हुन्छ । १० प्रतिशत भने तेस्रो मुलुकबाट आयात हुन्छ । ‘मकैमा १ प्रतिशतबाट वृद्धि गरेर ५ प्रतिशत र भटमास, पिनामा १ प्रतिशतबाट ८ प्रतिशत पुर्‍याएको छ,’ उनले भने, ‘भन्सार वृद्धिले पनि मूल्यमा असर परेको छ ।’

उनका अनुसार जिउँदो बोइलर कुखुरामा ५० रुपैयाँ बढेर २ सय ५० रुपैयाँ पुगेको छ । खुद्रामा प्रतिकिलो २ सय ६० रुपैयाँमा बिक्री हुन्छ । एक महिनाअघि २ सय ८५ रुपैयाँमा बिक्री भएको तयारी मासुको होलसेलमै ३ सय ५० रुपैयाँ पुगेको छ । खुद्रा व्यवसायीले प्रतिकिलो ३ सय ७० देखि ३ सय ८० रुपैयाँसम्म असुल्दै आएका छन् ।

‘होलसेलभन्दा खुद्रामा प्रतिकिलो २० रुपैयाँदेखि २५ रुपैयाँ फरक पर्छ,’ घिमिरेले भने । ब्रोइलर कुखुरा बनेपा, काठमाडौं, चितवन, दाङ, सलार्ही, मकवानपुर, कास्कीमा उत्पादन राम्रो हुन्छ । यीबाहेक अन्य जिल्लामा पनि उत्पादन भइरहेको छ । हाल तराईका जिल्लासँगै मध्यपहाडी क्षेत्रमा पनि कुखुरा पालेका छन् । पानी परेका कारण कतिपय ठाउँमा अझै ट्र्याक मात्रै खुलेको छ । बाटो खराबका कारण पनि कुखुराको गाडी सहजै भित्रिन सकेको छैन ।

‘तराई क्षेत्रमा डुबान पर्‍यो । उपत्यकामा आउने कुखुरा केही मात्रामा तराई पनि खपत भएको छ,’ घिमिरेले भने, ‘मध्यपहाडबाट ल्याउन ढुवानी सेवा राम्रो भएन, जसले गर्दा मूल्य बढेको छ ।’ घिमिरेका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै करिब ३ लाख ५० हजार किलो कुखुराको मासु खपत हुन्छ । सहज आपूर्ति नहुँदा एक लाख किलो घटेको जनाएको छ । साउनमा मुख्यतः मासु–माछाको उपभोग कम हुन्छ । ‘यस्तो अवस्थामा मूल्य घट्नुपर्नेमा थप बढेको छ,’ उनले भने, ‘मूल्य औसतमा ५० रुपैयाँ बढेको छ ।’

सरकारले क्वारेन्टाइनमा कडाइ गरेपछि खसीबोकाको आयात ह्वातै घटेको छ । भारतलगायत मुलुकबाट आयातित खसीबोका भन्सार विन्दु/क्वारेन्टाइनमा परीक्षण (गुणस्तरको प्रमाण) चेकजाँच भएपछि आयात घटेको हो ।

व्यवसायीका अनुसार खसीबोकाको आयात ६० प्रतिशतले घटेको छ ।उपत्यकामा दैनिक १२ सयसम्म खसीबोका खपत हुन्छ । अहिले पर्याप्त छैन, जसले गर्दा खसीको मासुको मूल्य बढेको बताए । ‘६ महिनाअघि किलोको १ हजार रुपैयाँ थियो । त्यसपश्चात् मूल्य दुई पटक बढेको छ,’ उनले भने । संघका अनुसार अधिकाश खसीबोका भैरहवा, कपिलवस्तुका नाकाबाट आयात हुन्छ ।

यसअघि भन्सार एजेन्टले २/३ सय परीक्षण गरेपछि ७/८ सय खसीबोका यत्तिकै छिराउने गर्थे । अहिले रोकिएको हो । मुख्य उद्देश्य रोग नभित्रियोस् भन्ने हो । क्वारेन्टाइन ऐन फागुन ३ गतेदेखि कार्यान्वयन गरिएको थियो । ऐनअनुसार सम्बन्धित मुलुकबाट स्वस्थ भएको कागजपत्र बनाउनुपर्छ । कागजपत्रबाट निर्यातयोग्य, रोगमुक्त र रोगको खोप लगाएको प्रमाणित हुन्छ ।

पशुसेवा विभागका अनुसार मुलुकमा बर्सेनि करिब ४० लाख खसीबोका खपत हुन्छ, जसमध्ये साढे तीनदेखि ५ लाख खसीबोका आयात हुन्छ । व्यवसायी भने स्वदेशी उत्पादनले माग धान्न नसकेको बताउँछन् । त्यसको बहानामा व्यवसायीले चर्को मूल्य असुल्छन् । ‘यसअघि प्रतिक्यारेट २ सय ५० रुपैयाँमा तोकिएको थियो,’ पूर्वअध्यक्ष कँडेलले भने, ‘सातायता ३५ रुपैयाँ बढेर २ सय ८५ रुपैयाँ मूल्य पुगेको छ ।’कान्तिपुर

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *