पहाडको आलु भारतीय बजारमा लोकप्रिय

कृषि उपज र आलु संकलन केन्द्रको भवन निर्माण

वीरगञ्ज, खानमा स्वादिलो तथा मीठो हुने भएकाले पहाडको आलु तराईमा मात्र नभई सीमावर्ती भारतीय बजार रक्सौलमा पनि लोकप्रिय हँुदै गएपछि यसको माग बढ्दै गएको छ ।

प्रदेश नं २ को आर्थिक नगरी वीरगञ्जमा आलुको मुख्य मण्डीका रूपमा रहेको मीनाबजारमा पालुङको पहाडी क्षेत्रबाट अहिले दैनिक १५ लाख मूल्य बराबरको ५० टनभन्दा बढी नेपाली आलु आउने गरेको छ । पहाडको भन्दा भारतीय आलु प्रतिकिलो रु आठदेखि १० सम्म सस्तो हुने भए पनि पालुङको नयाँ आलु खानमा स्वादिलो तथा मीठो हुने भएकाले वीरगञ्जमा यसको माग बढ्दै गएको मीनाबजारका आलुको थोक व्यापारी चन्द्रिकाप्रसाद रौनियारले बताए ।

यहाँ थोक व्यापारीहरु करिब १५ छन् र तिनीहरुले पालुङको आलु बेच्ने गरेका छन् । त्यति मात्र नभएर भारतीय बजारमा पनि पहाडको आलुको माग बढ्दै गएपछि अहिले टाँगामा दैनिक १५ लाख मूल्य बराबरको करिब ५० टन पालुङको आलु सीमावर्ती रक्सौल बजारमा जाने गरेको व्यापारीहरु बताउँछन् ।

पहाडको आलु तराईमा लोकप्रिय हँुदै गएपछि ग्राहकहरुको मागलाई ध्यानमा राखी यहाँका व्यापारीहरु पालुङमा उत्पादन हुने आलुलाई प्राथमिकतामा राखी यसको व्यापार गर्ने गर्दछन् । अहिले पालुङका नयाँ आलु स्थानीय बजारमा प्रतिकिलो रु ४० मा बिक्री हँुदै आएको छ । रासस

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *