करोडौँ मूल्य बराबरको खेतीयोग्य जग्गा बगरमा परिणत

रौतहट:

अविरल वर्षासँगै लालबकैया नदीमा आएको बाढीले करोडौँ मूल्य बराबरको खेतीयोग्य जग्गा बगरमा परिणत भएको छ । लालबकैयामा पटकपटक आएको बाढीले रौतहटको कटहरिया, फतुुआ विजयपुुर, मौलापुर, देवाही गोनाही, बौधीमाई, राजपुर नगरपालिकाअन्तर्गतका सयौँ बिघा खेतीयोग्य जग्गा बगरमा परिणत भएको छ । गत असार २७ र २८ गते लालबकैया नदीमा आएको बाढीले वडा नं. ४ का २४ जनाभन्दा बढी किसानको ५० बिघाभन्दा बढी जग्गा बालुुवाले पुरिएर बगरभैmँ बनेको वडा अध्यक्ष चन्दन कुुशवाहाले बताउनुभयो ।

त्यसैगरी असार २७ र २८ गते लालबकैयामा आएको बाढीले नदी किनारका करिब आधा दर्जन स्थानीय तहअन्तर्गत सयौँ बिघा जग्गा बगर बनेको छ । बगरमा परिणत भएको अधिकांश जग्गामा धानबाली र उखुुबाली लागेको थियो ।

भारतीय सरकारको सहयोगमा केही वर्षअघि भारतीय सिमानादेखि केही माथि जङ्गलसम्म बाँध बनाउँदा कटान र डुुबान समस्या केही हदसम्म निराकरण भएको थियो तर २०७४ साउन २९ गते लालबकैया नदीमा आएको ठूलो बाढीले उक्त बाँधमा दर्जनौँ स्थानमा कटान तथा क्षति पु¥याएको थियो ।

दुुई वर्षअघि क्षतिग्रस्त बाँधको गत वर्ष पुुनः मर्मत भए पनि लालबकैया नदीमा पक्की बाँध निर्माण नभएका कारण कटान र डुुबान समस्या स्थायी रूपमा समाधान हुन नसकेको पीडित जिल्लावासीहरूले गुनासो गरेका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments