देशभर ८० प्रतिशत धान रोपाईं

आकाशे पानीका भरमा रोपाइँ

काठमाडौं । साउनको दोस्रो सातासम्म देशभर ८० प्रतिशत धान रोपाईं सम्पन्न भएको छ । कृषि विभागका अनुसार यस वर्ष साउन १२ गतेसम्म ८०.१३ प्रतिशत रोपाईं सम्पन्न भएको हो ।
विभागका अनुसार गत वर्षको सोही अवधिमा ८१.३१ प्रतिशत धान रोपाईं भएको थियो । यस वर्ष गत वर्षको तुलनामा १.१३ प्रतिशतले मात्रै कम रोपाईं भएको छ ।

मुलुकभरी धान रोपाईं हुने १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म १० लाख ९९ हजार ८६३ हेक्टर क्षेत्रफलमा यस वर्ष रोपाईं भएको छ ।
भौगोलिक अवस्थाअनुसार १२ साउनसम्म धान रोपाईं उच्च पहाडमा ८४.९२ प्रतिशत, मध्य पहाडमा ८०.६६ र तराई क्षेत्रमा ७९.७८ प्रतिशत रोपाईं भएको छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments