करेसाबारी खेती प्रविधि / फाइदा :

प्राङ्गारिक तरकारी

करेसाबारी तरकारी खेतीलाई घरेलु स्तरमा गरिने तरकारी खेती भनिन्छ । आफ्नो घर वरिपरि रहेको थोरै जमीनलाई करेसाबारी भनिन्छ । करेसाबारी तरकारी खेतीमा परिवारका सबै व्यक्तिहरु लागेका हुन्छन् । थोरै ठाउँमा थोरै मात्रामा गरिने तरकारी खेती हो । यसको उत्पादन घरमै खपत गरिन्छ । लगानी पनि त्यति धेरै लाग्दैन ।

यो प्रविधि ग्रामीण तथा सहरी क्षेत्र दुबैमा गरिन्छ । फुर्सदको समय यसमा लगाइन्छ । सहरी क्षेत्रमा बस्ने मानिसहरुका लागि करेसाबारीमा काम गर्नु भनेको हरियाली बढाउनु र स्वच्छ हावामा शारीरिक व्यायाम गर्नु पनि हो ।
करेसाबारीमा उत्पादन भएको ताजा तरकारी सेवनले स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ । बजारबाट किनेको तरकारीभन्दा करेसाबारीमा उत्पादन गरेको तरकारी सस्तो हुन्छ ।

जुन बेला तरकारीको आवश्यकता पर्छ सोही समयमा करेसाबारीबाट तरकारी टिप्न सकिन्छ । यसबाट समयको वचत पनि हुन्छ । केही किसानहरुले विषादीको प्रयोग गरी समय नपुग्दै बजारमा तरकारी लैजाने गर्छन् । करेसाबारीमा तरकारी उत्पादन गर्नेहरु यस प्रकारको विष सेवनबाट बच्न सक्छन् ।

करेसाबारीमा लगाउन सकिने तरकारी बालीहरु यस प्रकारका छन्:
बकुल्ला, सिमी, गोलभेडा, प्याज, केराउ, स्विसचार्ड, धनिया, काउली, लसुन, गाजर, बन्दा, मुला, सलगम, ग्याँठकोभी, पिरो खुर्सानी, भाजी, भेडे खुर्सानी, पालुङ्गो, भण्टा, सोंप, चम्सुर आदि ।

नर्सरी सधै वेर्ना तयारी अवस्थामा रहनु पर्छ । एक खाले तरकारी टिपेर खाई सकेपछि, त्यस खाली ठाउँमा वेर्ना सारी हाल्नु पर्छ । यसो गर्दा कहिल्यै पनि तरकारीको खाँचो पर्दैन ।

ठाउँको छनौट :
पहिले देखि नै करेसाबारी बनाई सकेको छ भने ठाउँको छनौट गर्नु पर्दैन र यदि करेसाबारी छैन भने त्यसको लागि ठाउँको छनौट गर्नु आवश्यक देखिन्छ । ठाउँको छनौट गर्दा निम्न कुराहरुमा ध्यान दिन जरुरी छ । माटोको बनोट र प्रकार अनुसार मलको सिफारिस गर्नु पर्छ । यदि चिम्टाईलो र वलौटे माटो भएमा अन्य माटोमा भन्दा मल केहि बढी प्रयोग गर्नु पर्छ । तरकारी उत्पादनको लागि दोमट माटो धेरै राम्रो हुन्छ ।

*पानी जम्ने ठाउँ करेसाबारीको लागि उपयूक्त हुँदैन ।
*घाम लागेको वा पहारिलो ठाउँ हुनु पर्छ ।
*सिंचाई सुबिधा उपलब्ध पुर्याउन सकिने ठाउँ हुनु पर्छ ।
*पशुपंक्षीबाट जोगाउन बार लगाउन सकिने ठाउँको व्यवस्था हुनु पर्छ ।
*करेसाबारीमा आउन र जानको लागि बाटोको राम्रो वन्दोवस्त हुनु पर्छ ।

मलको व्यवस्था :
माटोमा मल विनाको कुनै पनि खेती गर्न असम्भव छ, यो थाहा भएको कुरा हो । करेसाबारीको लागि मल गाई वस्तु भएको घरमा गाठे मल र कम्पोष्ट मलले प्रयाप्त मात्रामा पुग्छ । यदि गाईवस्तु छैन भने त्यस्तो घरमा घर भित्र तथा घर वरपरको फोहर तथा घडेन्बाट पनि मल बनाई करेसाबारीको लागि प्रयोग गरिन्छ ।

बीउको व्यवस्था :
गाउँ घरमा प्राय जसो स्थानीय बीउ नै प्रयोग गर्ने चलन छ । स्थानीय बीउ राम्रोसंग उत्पादन राम्रो गर्न सक्यो भने त्यसलले राम्रोसंग उत्पादन दिन सक्छ । तर अचेल उत्रत जातको बीउ प्रशस्त पाईन्छ । यस्ता बीउबाट तरकारी बाली लागाउन सके वढी उत्पादन दिने, छिटो पाक्ने र रोग कीराबाट सहन सक्ने क्षमता बढ्छ । यस्तो किसिमको बीउ लगाएता पनि पछि स्थानीय बीउको रुपमा उत्पादन गरे पनि हुन्छ । बीउहरु छिमेकीमा साटासाट गरे पनि हुन्छ, जसले गर्दा विभित्र किसिमका बीउ एउटै घरले उत्पादन गर्नु पर्ने झंझट हुदैन ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments