९ महिनामा ४१ अर्ब रुपैयाँको खाद्यान्न आयात

काठमाण्डाै – नेपाललाई कृषिप्रधान देश भनिए पनि, हरेक वर्ष अरबाैँ रुपैयाँ कृषिमा खर्च गरे पनि आयात भने झनै चुलिँदै गएको पाइएको छ ।

चालु आर्थिक वर्षको ९ महिनामा झण्डै ४१ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार साउनदेखि चैतसम्म ४० अर्ब ८२ करोड ३८ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । यो गएको आर्थिक वर्षको यहि अवधीको तुलनामा ६१ करोड रुपैयाँले धेरै हो ।

खाद्यान्न आयातमध्ये ठूलो हिस्सा धान चामलको रहेको छ । ९ महिनामा २६ अर्ब रुपैयाँभन्दा धेरैको धान चामल आयात भएको छ । १९ अर्ब ३२ करोड रुपैयाँको चामल, पाँच अर्ब ६० करोड रुपैयाँको धान, ८४ करोड रुपैयाँको कनिकालगायत आयात भएको भन्सार विभागले जनाएको छ ।

उज्यालोअनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?