हेरौ बेसारका अनेकौ फाइदाहरु :

शरीरका हरेक अंगलाई फाइदा पुर्‍याउने स्वास्थ्यवद्र्धक जडिबुटी हो बेसार। यसका फाइदा अनगिन्ती छन्। खासगरी तरकारीमा मसलाको रुपमा प्रयोग गरिने बेसारले औषधिको काम गर्छ। त्यसैले एन्टिबायोटिक बनाउँदा समेत बेसारको प्रयोग गरिन्छ।

पश्चिमी मुलुकमा बेसारको प्रयोग कम हुँदा रोगहरुसँग लड्न आवश्यक पर्ने अन्टिबायोटिकका लागि बेसार मिश्रित औषधि महँगो मूल्य तिरेर खाइन्छ। तर नेपालमा भने सजिलै खेती हुने र सस्तोमा पाइने हुँदा पनि बेसारको महत्व बुझ्न सकिएको छैन।

बेसरलाई नेचुलर पेन किलरले पनि चिनिन्छ किनकि यसले शरीरमा हुने कुनै पनि दुखाइलाई प्राकृतिक रुपमा निदान गर्छ। बेसार नियमित रुपमा भन्सामा प्रयोग हुन्छ तर धेरैले यसका मह्त्वपूर्ण औषधीय गुण बुझ्न सकेका छैनन्। बेसार सेवनबाट पाइने अनगिन्ती फाइदामध्ये केहीको यहाँ चर्चा गरिएको छ।
आयुर्वेदमा समेत बेसारलाई औषधीय गुण भएको वनस्पतिका रूपमा व्याख्या गरिएको छ ।

* हिजोआज, चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिने गरेको छ । साथै, बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलाम तत्व आदि प्रचुर मात्रामा पाइन्छन् ।

* बेसारको रङ पहेँलो हुन्छ । कुरकुमिन नामक रसायनले यसको रङ पहेँलो बनाएको हो । हिन्दू धर्ममा पहेँलो रङको छुट्टै महŒव छ । यसर्थ, कतिपय हिन्दू संस्कारमा बेसारलाई विशेष महत्व दिई उपयोग गरिन्छ ।

* दूधमा बेसार मिलाएर खाँदा रुघाखोकी सन्चो हुन्छ । त्यस्तै, महसँग मिसाएर खाएमा टन्सिल निको हुन्छ ।

* क्यान्सरसँग लड्ने क्षमता
बेसारमा करक्यूमिन रहेको हुन्छ । यसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ । त्यसैले दुध र बेसार पिउदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ ।

* एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी हुन्छ । बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाई लगाउँदा छालासम्बन्धी विभिन्न समस्या निको हुन्छन् ।

* मुख र घाँटीमा घाउ आउँदा बेसारपानीले कुल्ला गर्दा आराम मिल्छ ।

* पेटमा ग्यास जम्मा हुने, कफ जम्ने, खुट्टा बटारिनेजस्ता समस्यामा बेसारलाई नुनपानीमा घोलेर बिहान–बेलुका खाएमा ठीक हुन्छ ।

* मधुमेहका बिरामीका लागि बेसार अचुक औषधि मानिन्छ । दैनिक अमलाको रसमा बेसार मिसाई सेवन गर्दा मधुमेहका रोगीलाई लाभ मिल्छ ।

* बिच्छी, बारुला, अरिंगाल आदिले चिलेमा सो ठाउँमा काँचो बेसारको लेप लगाउँदा आराम मिल्छ ।

* बेसार छालाका लागि एकदमै उपयोगी हुन्छ । यसर्थ, हिजोआज बेसार सौन्दर्य प्रसाधनका लागि समेत प्रयोग गर्न थालिएको छ । यसमा पाइने एन्टिअक्सिडेन्टले छालामा चमक ल्याउन मद्दत गर्छ । अनुहार सुख्खा भएमामेथीको धूलो, बेसार, नीमपातको मिश्रण पानीमा रगडेर बिहान/बेलुका अनुहारमा लगाउने गरेमा डण्डीफोर, चायाँ, दाग, दाद बिस्तारै ठिक हुँदै जान्छ ।

* मर्किएको, सुन्निएको वा चोट लागेको ठाउँमा घिउकुमारीको रससँग बेसार मिसाएर लगाएमा दुखाइ कम हुन्छ ।

* हात्ती पाइले रोगमा
गौत(गाईको पिसाब) आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सखर हालेर नित्य बिहान\बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुँदै जान्छ ।

* राम्रो निन्द्रा लाग्छ
यदि तपाईलाई अनिन्द्राको समस्या छ भने बेसार र दुध पिउनु लाभदायक हुन्छ । बेसार मिसाइएको दुधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निन्द्रा लगाउँछ ।

सम्बन्धित खबर
रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता
रासायनिक मल

काठमाडौँ : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र रि–निकोला प्राइभेट लिमिटेड कम्पनीबीच ...

पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

2 thoughts on “हेरौ बेसारका अनेकौ फाइदाहरु :

  1. Pingback: 토렌트 다운

Leave a Reply

Your email address will not be published. Required fields are marked *