स्वादिलो र स्वस्थ्यकर सिस्नो खानुका फाइदाहरु

नेपालका हरेक भेगमा सजिलै पाईने प्रजाति हो सिस्नु । पहाडी क्षेत्रमा पाइने सिस्नु बूढो र छिप्पेको सेवन गर्न लायक हँदैन। अहिलेसम्म तीन–चार प्रकारका सिस्नु भेटिएका छन् । भेटिएका सबै प्रजाति सेवन गर्न मिल्छ । कलिलो, फूल या मुना मात्र सेवन गर्नु राम्रो हुन्छ । गाउँघरमा सिस्नुलाई तरकारीको रुपमा पनि प्रयोग गर्ने चलन छ । आज हामी सिस्नु खाँदा के फाइदा र कसरी पकाउने भन्ने तरिकाको बारेमा उल्लेख गर्छौँ ।

कसरी खाने ?

* सामान्यतया सिस्तोलाई पखाली उम्लेको तातो पानीमा राखी घोटेर पकाउने प्रचलन छ । विशेष गरि यसमा नुन, खुर्सानी, टिमुरको धुलो, लसुन, मकैको च्याख्ला राखेमा पकाइन्छ ।

* तर, विदेशमा बटरमा प्याज, लसुन, लिक, गाजर, फुराएर भेज स्टक र आलु राखेर सिस्नु पकाइन्छ । यसलाई बल्याण्ड गरेर छानिन्छ । अन्त्यमा नुन मरिच र क्रीम हालेर नेटल सुपको रुपमा प्रयोग गर्ने प्रचलन छ ।

* सिस्नुको चिया पनि त्यतिकै प्रचलित छ । यसलाई निकै स्वास्थ्यवर्द्धक पनि मानिन्छ । यसलाई ग्रीन-टि कै तरिकाले सेवन गरिन्छ । र, यसलाई जुसको रुपमा पनि पिउन सकिन्छ ।

* सहजताका लागि अहिले सुपर मार्केटमा सिस्नोको पाउडर पनि उपलब्ध छ । यसलाई सुप या तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ ।

* सिस्नोको फुलको सुप बनाएर पनि प्रयोग गर्न सकिन्छ । यसलाई भात या मकैको च्याख्लासँग सेवन गर्दा निकै स्वादिष्ट हुन्छ ।

स्वादिलो र स्वस्थ्यकर सिस्नो खानुका फाइदाहरु || Health benefits of Stinging Nettle || Sisno ko Faida


औषधीय गुण

* सिस्नोले मुटु सम्बन्धी समस्यालाई निको पार्नका लागि सहयोग गर्छ ।

* यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ ।

* सीस्नो गर्भबती तथा सुत्केरी महिलालाई समेत खुवाइन्छ । उनीहरुका लागि सिस्नो अति फाईदाजनक मानिन्छ ।

* तपाईमा उच्च रक्तचापको समस्या छ भने पनि सिस्नोको सेवन गर्दा हुन्छ । यसले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्‍याउँछ ।

* प्रोस्टेड ग्लाण्ड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले राहत प्रदान गर्छ ।

* सिस्नो छाला र कपालका लागि निकै उपयोगी मानिन्छ । यसले अनुहार चम्किलो बनाउनुका साथै दाग हटाउनको लागि पनि मदत पुर्‍याउँछ ।

* यसले कपाल सिल्की बनाउन सहयोग गर्छ भने कपाल र्झनबाट रोक्ने काम गर्छ ।

* सिस्नोले शरिरमा रगतका नयाँ सेल बनाउनमा महत्वपूर्ण भूमिका खेल्छ । यसले डिएनए क्षयीकरण हुनबाटसमेत रोक्ने काम गर्छ ।

* पिसावको संक्रमण हुनेहरुले पनि नियमित सिस्नो सेवन गर्दा फाईदाजनक हुन्छ ।

* शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि सिस्नोले मदत पुर्‍याउने गर्छ ।

* शरिर दुख्ने समस्याको उपचार गर्नु छ भने पनि आजैबाट नियमित सिस्नोको प्रयोग गर्दा हुन्छ ।

बहुउपयोगी सिस्नो

* सिस्नो जती काट्यो त्यति पलाउने भएकाले खेती गरे पनि लाभ उठाउन सकिन्छ । यसलाई तारे होटेलदेखि विदेशमासमेत विक्री गर्न सकिन्छ ।

* औषधीको प्रयोजनका लागि सिस्नोको अत्याधिक माग हुने भएकाले यसलाई विदेश निर्यात गरेर आर्थिक लाभ लिन सकिन्छ ।

* यो मानिसको लागि मात्र नभई जनावरका लागि पनि स्वस्थकर मानिने अनुसन्धानले देखाएको छ । गाई भैसीलाई सिस्नो खुवाउदा निरोगी हुनुको साथै दुध पनि बढी दिने गर्छ ।

* सिस्नोको फुल र जरा कुखुरालाई खुवाएर आण्डा उत्पादनलाई बढाउन सकिन्छ ।

* यसको जरा औषधीको रुपमा प्रयोग गरिन्छ ।

* सिस्नोबाट क्याल्सीयम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्वोहाइड्रेट, फाइवर, फस्फोरस र फलामजस्ता तत्व पाइन्छ ।

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

2 thoughts on “स्वादिलो र स्वस्थ्यकर सिस्नो खानुका फाइदाहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *