दाना नपाएर एउटै किसानका ५ हजार कुखुरा नष्ट

बाँके: लकडाउनका कारण दाना नपाएपछि बाँकेमा पालन भएका कुखुरा मर्न थालेका छन् । कुखुराको दाना नपाएर यहाँका झन्डै ७ हजार कुखुरा मरेको कुखुरा व्यवसायी संघ बाँकेका अध्यक्ष लालबहादुर खत्रीले बताए ।

बैजनाथ गाउँपालिका–२ पहाडीपुरका दीपक गुरुङले पालेका ५ हजार कुखुरा दाना नपाएर मरेका छन् । २ करोड २५ लाख लागतमा ५ हजार कुखुरा पालेका गुरुङको कुखुरा फर्ममा २५–३० वटा मात्र बाँचेका छन् । लेयर्स जातका कुखुराले दैनिक ४ हजार अन्डा दिने गरेका थिए । उनले दाना किन्न खोज्दा पनि नपाएको बताए । ‘दाता किन्न खोज्दा पनि पाइएन,’ उनले भने, ‘दाना नपाएर १५ दिनमा सबै कुखुरा मरेर सखाप भए ।’ कुल ११ कट्ठा जमिनमा उनले फर्म सञ्चालन गरेका छन् ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments