मासु खादा कोरोना सर्ने सम्भावना हुन्छ त ? जानिराखौ

कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण बजारमा विभिन्न हल्ला र भ्रम फैलिरहेको छ । कतिपयमा मासुजन्य खानेकुराको सेवन गर्नुहुँदैन भन्ने भ्रम पाइन्छ । आउनुहोस् यसलाई चिरौँ ।

* मासुजन्य खानेकुरा नखाँदैमा कोरोनाबाट बच्न सकिने भने होइन । यो भाइरस श्वासप्रश्वासबाट हुने संक्रमण हो जुन हावाबाटै सर्छ । मासुजन्य खानेकुरामा यो भाइरस बस्छ भन्ने कहीँ पनि पुष्टि भएको छैन । कोभिड–१९ सुरुमा चीनको वुहानस्थित पोल्ट्री फार्मबाट आयो भन्दैमा मांसहारी भोजन, डेरीका खानेकुरा खान बन्द गर्नुपर्छ भन्ने छैन ।

* यद्यपि, मासुजन्य खानेकुरा सेवन गर्दा त्यो राम्ररी पाकेको भने हुनुपर्छ । कम्तीमा पनि आधा घन्टा पकाउँदा भाइरस निम्त्याउने अधिकांश कीटाणु मरिसक्छन् । यो तरिका सार्स भाइरसलाई निर्मूल पार्न पनि प्रयोग भएको थियो ।

* भारतका सरुवा रोग विशेषज्ञ डा. लक्ष्मण जेसानीका अनुसार कुनै पनि खानेकुरा आफैँमा असुरक्षित हुँदैनन् । त्यसलाई पकाउने तौरतरिकामा सावधानी अपनाए पुग्छ । उनका अनुसार खानेकुराको माध्यमबाट बढ्न सक्दैन । हालसम्म खानेकुराबाट भाइरस सरेको या कुनै पनि प्रकारको संक्रमण भएको तथ्य फेला परेको छैन ।

* मासुजन्य खानेकुरा खाँदा केही सावधानी अपनाउनुपर्छ । राम्ररी पखालेपछि गल्नेगरी पकाएर खान सकिन्छ । त्यसमा डर मान्नुपर्दैन । काँचो फलफूल र तरकारी खाँदा पनि स्वच्छ तरिका अपनाउनुपर्छ । यो अवस्था पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म बधशालावरिपरि नजानु नै राम्रो हो ।

* इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसका निर्देशक डा. रन्दीप गुलेरियाले पनि यसमा सहमति जनाएका छन् । उनका अनुसार मासुजन्य खानेकुराले खतरा बढाउने होइन । सामान्य सावधानी हरेक विषयमा अपनाउनुपर्ने बताउँदै नचाहिने अफवाह नफैलाउन उनको आह्वान छ ।

* यदि घरबाहिर भोजन गर्दै हुनुहुन्छ भने त्यहाँ अपनाइने सरसफाइ र स्वच्छतामा आफूले पनि अनिवार्य ख्याल गर्नुहोस् । कोरोना भाइरस खानाको माध्यमबाट नसरे पनि खानेकुरा खाने क्रममा टेबल या प्लेट छुँदा भने सावधान हुनुपर्ने हुन्छ । टेबल, भाँडाकुँडा, प्लास्टिक, मेनु कार्ड, चम्चालगायतका वस्तु बारम्बार छोइएका हुन्छन् । यी वस्तु समातेपछि आफूले पनि साबुनपानीले हात धोइहाल्ने गर्नुपर्छ ।
नया पत्रिका

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments