गुन्द्रुक कसरी बनाउने ? के छ फाइदा ? जानिराखौ

गुन्द्रुक कसरी बनाउने ? के छ फाइदा ? जानिराखौ

रायोको साग, तोरीको साग, मुलाको साग आदिबाट बनाइने परम्परागत तरकारी गुन्द्रुक हो।यसलाई नेपालको वा नेपालीको विषेश खानाको रुपमा विदेशीहरुले समेत चिनेका छन्। यो विशेष गरि जाडो याममा खाने गरिन्छ।

ढिडों-गुन्द्रुक, जसलाई हामी हाम्रो रैथानी परिकार पनि भन्छौं । कुनैबेला यो दुखको छाक टार्ने मेलो थियो । ढिडों र गुन्द्रुक भन्नसाथ अभावको बेला भोको पेट भर्ने खान्की मानिन्थ्यो । यसको अर्थ के भने, यी खान्की केवल पेट भर्नका लागि मात्र हो ।

अहिलेको अवस्था फरक छ । त्यही ढिडों गुन्द्रुकले शहरिय पुस्तामा प्रवेश गरेको छ । अहिले ढिडों गुन्द्रुक खोजी-खोजी खाइन्छ । अवस्था कस्तो छ भने, ढिडों गुन्द्रुकको स्वाद मेट्नका लागि अब गाउँपाखा होइन, शहरका उत्कृष्ट रेष्टुरेन्ट चाहर्नुपर्ने । अर्थात ढिडो र गुन्द्रुक फरक परिकारको रुपमा ब्रान्डिङ भएको छ । अर्को कुरा, यो नितान्त हाम्रो मौलिक खान्की पनि हो । हाम्रा पूर्खाहरुको खानपान चेत र सीप पनि यसमा मिसिएको छ । हरियो सागपातलाई घाममा ओइलाएर बनाउने गुन्द्रुक लामो समय भण्डारण गरेर खान सकिन्छ ।

गुन्द्रुकमा ४८ प्रतिशत कार्बोहाइडेट, ४९ प्रतिशत प्रोटिन र ३ प्रतिशत चिल्लो पदर्थ हुने गर्छ । यो छोटो समयमै तयार गर्न सकिने स्वादिष्ट परिकार हो।

गुन्द्रुक तयार गर्ने तरीका :

* गुन्द्रुक तयार पार्दा पहिला रायो, तोरी, मुलाको सागलाई हल्का घाममा सुकाउनुपर्छ ।

* त्यसपछि काठ, धुङगा या फलामको ओखलमा कुटेर कुनै डिब्बा या पलास्टिकमा खाँदेर हावा नछिर्ने गरी बन्द गर्नुपर्छ । त्यसपछि घाम लाग्ने ठाउँमा राख्नुपर्छ ।

* विहानको समय दैनिक रुपमा मनतातो अर्थात ३० डिग्री तापक्रमको पानी त्यसमाथि हाल्नुपर्छ र फेरि छोपेर राख्ने गर्नुपर्छ ।

* १० देखी १२ दिनसम्ममा साग बिस्तारै अमिलो हुँदै जाने गर्छ । त्यसपछि फेरि डिब्बा वा प्लास्टिकलाई खोलेर केही दिन घाममा सुकाउनुपर्छ । घाममा सुकेर झुरुम-झुरुम भएपछि गुन्द्रुक तयार हुन्छ । यसरी सजिलैसँग बनाइने गुन्द्रुक महिनौंसम्म राखेर सेवन गर्न सकिन्छ । र, चाहेको अवस्थामा विभिन्न परिकार तयार पारी सेवन गर्न किन्छ ।

गुन्द्रुक खानुका फाइदा

* आँखाको भिजनका लागि गुन्द्रुक अति उपयो निन्छ । यसले आँखा चिलाउने, दुख्ने, सुख्खा हुने समस्यालाई कम गर्दै लैजान्छ । गुन्द्रुकले आँखामा हुने अल्सरको सम्भावनालाई पनि कम गर्छ ।

* गुन्द्रुक नियमित सेवन गर्दा तौल घटाउनमा मद्दत पुग्छ । यसले क्यान्सको सम्भावनालाईसमेत दुर गर्ने काम गर्छ ।

* ग्याष्ट्रिक र अल्सर भएका बिरामीले पनि सादा गुन्द्रुकले फाइदा पुर्‍याउँछ । गुन्द्रुकमा खनिज पदार्थका मात्रा प्रशस्त हुन्छ ।
* स्मरणशक्ति कम हुनेहरुले रायोको गुन्द्रुक सेवन गर्दा राम्रो हुन्छ । किनकी यसले स्मरणशक्ति बढाउनको लागि पनि सहयोग पुर्‍याउँछ ।

* अधिक कोलस्ट्रोलको समस्या छ भने पनि त्यसलाई कम गर्नका लागि रायोको गुन्द्रुक सेवन गर्न सकिन्छ । यसले कोलेस्ट्रोल घटाउनको लागि भूमिका खेल्छ ।

* शरीरका हड्डी मजबुत बनाउनको लागि पनि गुन्द्रुक सेवन गर्दा हुनछ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments