नेपालबाट आयात गर्ने पाम तेलमा भारतले लगायो प्रतिवन्ध, ६ अर्ब बढी रुपैयाँ संकटमा

५ महिना अघि पाम तेल आयात प्रतिवन्ध लगाएको भारतले पुनः आफ्नो अडान यथावत राखेको छ ।

व्यापारीका अनुसार भारतले नेपालबाट हुने पाम आयल निर्यात १२ दिन यता बन्द गरेको हो । यसका लागि सरकारले भारतको वाणिज्य मन्त्रालयसँग आवश्यक वार्ता अघि बढाएको जनाएको छ ।

भारतको वाणिज्य मन्त्रालय अन्र्तगतको बैदेशिक व्यापार विभागले नेपालबाट पामतेल आयात गर्ने भारतीय व्यापारीको लाईसेन्स समेत खारेज गरेको छ । यससँगै नेपालबाट भारतमा पामको तेल निर्यात बन्द भएको हो ।

भारतले गत पुसमा बाहिरबाट पाम तेल आयातमा प्रतिवन्ध लगाउने निर्णय ग¥यो । तर, नेपालले भारत सँग दुईपक्षीय वार्ता गरी नेपालबाट पाम तेल आयात गर्न व्यापारीलाई लाईसेन्स प्रणाली लागू गरेको थियो ।

मलेसियाबाट अहिले पनि पाम तेल आयात बन्द छ । नेपालबाट मात्रै आयात गर्न दिइने उत्त लाईसेन्स पनि भारतले खारेज गरिदिएको हो ।

अहिले, भारतको कोलकत्ता भन्सार कार्यालयमा लेटर अफ क्रेडिट एलसी खोलिसकेका ५ हजार मेट्रिक टन पाम तेलको कच्चा पदार्थ नेपाल आउने चरणमा रहेको व्यापारीहरुले बताएका छन् ।

वीरगञ्ज र विराटनगर भन्सार कार्यालयबाट ६ अर्ब रुपैयाँ बराबरको कच्चा पदार्थ आयात भइसकेको छ । भारतले प्रतिवन्ध लगाएसँगै पामतेल निर्यातकर्ताहरु संकटमा पर्ने अवस्था आएको व्यापारी राजीव झाको भनाइ छ ।

हुन त पाम तेलको कच्चा पदार्थ भारत लगायत तेस्रो मुलुकबाटै आयात गर्छ । नेपालमा प्रशोधन गरी निर्यात गर्दा उत्पादन मूल्यमा १० प्रतिशत भ्यालुएड मूल्यअभिवृद्धि जोडी निर्यात हुने गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार ९ महिना अवधिमा १६ अर्ब ० करोड ९ लाख ५ हजार रुपैयाँको पाम तेल निर्यात भएको छ । नेपालबाट निर्यात वस्तुमा पहिलो नम्वरमा पाम तेल रहेकाले व्यापार घाटा कम गर्न निकै सहयोग पुगेको देखिन्छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रायले निर्यात खुलाउन दुईपक्षीय वार्ता अघिबढाएको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगढले न्यूज २४ लाई बताउनुभयो ।

पाम तेलको सबैभन्दा बढी खपत भारत, मलेसिया लगायत तेस्रो मुलुकमा हुन्छ । विशेषगरी खानेकुरा छिटै नविग्रन अथवा कुरुमकुरुम बनाउन पाम तेल प्रयोग हुने गर्छ । त्यस्तै, अन्य विभिन्न खाद्यपदार्थ निर्माणमा पाम तेलको प्रयोग हुने गरेको छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments