माछालाई दाना अभावपछि रोटेसन सिस्टम लागू

रसुवाको सदरमुकाम धुन्चेमा रहेको रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रमा दाना अभाव भएपछि रोटेसन सिस्टम लागू गरिएको छ । माछा तथा भुराको संख्या बढ्दै गएको र दाना आयात घटेपछि रोटेसन सिस्टम लागू गरिएको केन्द्र प्रमुख महेन्द्रप्रसाद भण्डारीले बताए ।

पहिले तीनपटकसम्म दाना खुवाउँदै आएकोमा अहिले एक छाके वा दुई छाके गरेर दाना खुवाउने गरिएको उनको भनाइ छ । विश्वव्यापी फैलिएको कोरोना संक्रमणका कारण देश लकडाउन भएपछि दाना आयात गर्न नसक्दा अभाव सिर्जना भएको हो ।

यसअघि दानाका लागि आवश्यक पर्ने सिद्र माछा भारतबाट आयात गरिँदै आएको थियो । केन्द्रका अनुसार दाना बनाउनका लागि आवश्यक पर्ने सिद्रा माछा नेपालमा छैन । दानाको कमीले गर्दा माछाको वृद्घि विकास हुन नसक्ने समस्या आउने तथा आउने वर्ष अण्डा उत्पादनमा कमी आउने केन्द्र प्रमुख भण्डारीले बताए । उनका अनुसार आगामी वर्ष गुणस्तरीय अण्डा तथा माछाका भुरा उत्पादनसमेत प्रभावित हुने देखिन्छ ।

लकडाउनका कारण केन्द्रले उत्पादन भएका माछाका भुरा किसानसम्म पु¥याउन सकेको छैन । उत्पादन भएको अण्डा भने सबै ठाउँमा पठाइ सकिएको छ । कृषकका पोखरीमा रहेका माछा बिक्री हुन नसक्दा कृषक केन्द्रमा आएका छैनन् । जसका कारण भुरा बिक्री नभएको हो । केन्द्रमा अहिले ४० हजार भुरा छन् ।

साथै चार हजार पाँच सय ठूला माछा छ । केन्द्रमा २५ वटा रेसवे अर्थात पोखरी रहेको छ । केन्द्रका अनुसार रसुवा जिल्लासहित ललितपुर, कालीकोट गुल्मी र अछाममा लैजान पर्ने भुरा केन्द्रमा नै थन्किएको छ । केन्द्रले माछाका अण्डा प्रतिगोटा दुई रुपैयाँ तथा भुरा प्रतिगोटा सात रुपैयाँका दरले बिक्री गर्दै आएको छ । यस केन्द्रमा उत्पादन भएका अण्डा तथा माछाका भुरा रामेछाप, सोलुखुम्बु, लमजुङ, पश्चिम रुकुम, मुगु ताप्लेजुङसम्मका कृषकले लाने गरेका केन्द्रले जनाएको छ ।

लकडाउन कारण माछाका भुरा बिक्री नहुँदा दाना बढी आवश्यक पर्छ । तर दाना आयात नहुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको उनको भनाइ छ । जिल्लामा व्यावसायिक रूपमा माछा पालिरहेका कृषकलाई पनि यसको प्रत्यक्ष असर परेको छ । नागरिक दैनिकमा खबर छ।

हिमनाथ देवकोटा

सम्बन्धित खबर
पदमचाल फूललाई एक चुम्बन

फुङ्लिङ:प्रकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुगे । फुङ्लिङबाट ...

लोप हुने अवस्थामा लट्टे बाली

हुम्ला: केही वर्ष अगाडिसम्म जिल्लाभरिका किसानले राम्रो उत्पादन गर्ने लट्टे (मार्से) बाली हाल लोप हुने अवस्थामा पुगेको छ । स्थानीयले खानेकुराको ...

बोटबिरुवालाई सङ्गीत मनपर्छ, मिठो धुनले वृद्धि विकास राम्रो

सन् १९८६ मा बेलायतका तत्कालीन राजकुमार राजकुमार चार्ल्सले एक अन्तर्वार्तामा बोटबिरुवासँग कुरा गर्न र यिनीहरूलाई सुन्न आवश्यक भएको बताएका थिए ...

चिज उत्पादन केन्द्रद्वारा बिग्रिएको चिज बिक्री, रु १० हजार जरिवाना

रसुवा:दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ ।   चिज राख्ने भण्डार अव्यवस्थित ...

कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित

झापा: डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा गत साउनदेखि हालसम्ममा १७ जनाको मृत्यु भएको छ भने ३० हजार तीन सय ३० जना सङ्क्रमित ...

ह्वात्तै घट्यो लोकल बन्दाको मुल्य,यस्तो छ आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार टनेल गोलभेडा सानो ...

1 thought on “माछालाई दाना अभावपछि रोटेसन सिस्टम लागू

  1. Pingback: vigrxplus

Leave a Reply

Your email address will not be published. Required fields are marked *