नेपाली तरकारीले बजारमा पहुँच पाएन खेतमै कुहिन थाले

कृषि तथा पशुपालन व्यवसाय

काभ्रेका किसानले फलाएको तरकारीले बजार नपाउँदा खेतमै कुहिन थालेका छन् । पाँच खालका कृषक गोविन्द रम्तेलले खेतमा गोलभेँडा लगायतको तरकारी कुहिएर र्झन थालेको बताए ।

अघिल्लो वर्ष १८ सय रुपैयाँ प्रतिक्रेट (२५ किलो) प्रतिकिलो ७२ रुपैयाँमा बिक्री गरेको गोलभेडा अहिले ३ सय प्रतिक्रेट अर्थात् औसत १२ रुपैयाँ किलोमा पनि बिक्री नभएको उनले बताए ।‘अहिले गोलभेडाँ, भिन्डी खुर्सानी र लाम्चो खुर्सानी तथा फर्सीको सिजन हो तर खेतमै कुहिन थालेका छन्,’रम्तेलले दुखेसो पोखे ।

आफू मात्रै नभई यस भेगका सबै किसानको अवस्था उस्तै रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । पाँचखालको तरकारी बिक्रि गर्ने ठाउँ कालिमाटी, बल्खु, बानेश्वर लगायतको ठाउँ हो, तर कतिपय टोल तथा संस्थाहरुले कालीमाटीको तरकारी नकिन्न लिखित निर्देशन जारी गरेको पाइएको उनले बताए ।

बल्कमा तरकारी किन्ने होटल रेष्टुँरा बन्द भएको र भएका मान्छेमा पनि आनावश्यक त्रास छरिएको रम्तेलले गुनासो गरे ।

काठमाडौं उपत्याकालाई मूख्य बजार मानेर खेति गरिएको पाँचखालको तरकारी खेतीले बजार नपाउँदा सबै लागानी खेर जाने अवस्था आइलागेको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बताए ।

‘जति पहल गर्दा पनि कालिमाटी, बल्खु जस्ता बजारमा किसानको तरकारीले पहुँच पाएन, नभनेको र नधाएको प्रशासनिक निकाय छैन, तर किसानको कुरा कसैले सुन्दैनन्,’ मेयर खरेलले भने ।

भारतको तरकारीले कालीमाटीमा बजार पाउने तर ४२ किलोमिटर नजिकको पाँचखालको तरकारीले बजार नपाएको भन्दै उनले भारतीय तरकारीमा प्रतिबन्ध लगाउन माग गरे ।

तरकारी खेतीका लागि औषधिमा गरेको लगानी पनि नउठ्ने भनेर किसानले दुखेसो गरेको मेयर खरेलले बताए ।कुहिएर जान दिनुभन्दा भनेर बानेश्वर लगायतका केही ठाउँमा सहकारीमार्फत तरकारी बिक्रीको प्रयास गरे पनि सफल हुन नसकिएको मेयर खरेलले बताए ।अनलाइनखबरमा खबर छ।

Subscribe
Notify of
guest

5 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments