बाली लगाउनुपूर्व नै सिफारिस भयो धानको समर्थन मूल्य

काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहिलोपटक बाली लगाउनुपूर्व नै धानको न्युनतम सर्मथन मूल्य सिफरिस गरेको छ । समान्यतयाः बाली भित्र्याउने बेलामा तोकिदै आएको सर्मथन मूल्य पहिलोपटक जेठमै सिफारिस भएको हो ।

मध्यम खालको धानको प्रतिक्वन्टल सर्मथन मूल्य दुई हजार आठ सय ८५ रुपैयाँ र मोटा धानको दुई हजार सात सय ३५ रुपैयाँ सर्मथन मूल्य सिफरिस गएकिो कृषि मन्त्रालयका उपसचिव डा. गंगा आचार्यले जानकारी दिए ।

कृषि मन्त्रालयले सबै प्रक्रिया पुरा गरेर सर्मथन मूल्यको प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको जनाएको छ । ‘मन्त्रालयका प्राविधिकले निकालेको धान उत्पादनको लागतमा किसानले घरबाट बजारसम्म ढुवानी गर्न लाग्ने खर्च १० प्रतिशत र बाँकी २० प्रतिशत मूनाफा सुनिश्चित गरेर मूल्य सिफारिस गरिएको हो,’ उपसचिव डा.आचार्यले भने ।

आगामी आवको धानको सर्मथन मूल्य चालु आवको भन्दा धेरै छ । चालु आवमा सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ५३१ रुपैयाँ २२ पैसा र मध्यम धामको मल्य प्रतिक्विन्टल २ हजार ६७३ रुपैयाँ १६ पैसा तोकेको थियो ।

धान उत्पादक किसानलाइ आफ्नो बालीबाट हुने फाइदा आँकलन गरेर खेती गर्न हौसला मिलोस भनेर पहिलोपटक जेठमै सर्मथन मूल्य तोकिएको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले बताए ।

यसअघि उत्पादन भित्र्याउने बेलामा मात्रै धानको समर्थन मूल्य तोक्ने प्रचलन थियो । चालु आर्थिक वर्षमा कात्तिक ५ गते सरकारले धानको सर्मथन मूल्य तोकेको थियो ।

कृषि मन्त्रालयबाट धानको सर्मथन मूल्य सिफारिस भएर आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयबाट धानको मूल्य सिफारिस भएर आएको छ वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिए ।

‘न्यूनतम सर्मथन मूल्य सिफारिस भएर आएको छ, हामी अध्ययन गर्दैछौँ, व्यवहारिक देखिए मन्त्रिपरिषद्मा पठाऔँछौँ,’ सचिव डा.अर्यालले भने। यो समाचार अनलाइन खबरमा छ।
नवीन ढुंगाना

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments