असिनापानीले स्याउ खेतीमामा ठूलो क्षेति

मुगु : छायाँनाथ रारा नगरपालिाका ताल्च, बाम, शोभा र घट्लेख पातरखोला लगायताका गाउँमा बुधबार परेको असिनाले स्याउ खेतीमामा ठूलो क्षेति पुर्याएको छ । स्याउमा सानासाना दाना लागेको समयमा असिना परेकाले उच्च स्याउ खेति हुने गाउँको स्याउ उत्पादनमा कमी आउने किसान बाँच्या महताराले बताए ।

विगतको वर्षमा स्याउको एउटै बगैँचाबाट दश–पन्ध लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्थ्यो । यो वर्ष स्याउ लाग्ने समयमा असिनापानीले किसानलाई घाटा पुर्याएको उनले बताए । स्याउको बीमा गरेका किसानलाई सहज भए पनि अन्य किसानलाई समस्या भएको उनको भनाइ छ । स्याउ मात्र नभइ असिनाले तरकारी बालीसमेत नष्ट गरेको छ ।

तरकारीको पकेट क्षेत्र मानिने गाउँपालिकाको वडा नं ३, ४, र ५ वडामा किसानले लगाएको फर्सी, प्याज, गोलभेँडा, काउली, गाजर र खुर्सानीलगायतमा असिनाले क्षति पुर्याएको स्थानीयवासी शिव कार्कीले बताए । विषण रुपमा हावाह्ुरीसँगै असिना परेको थियो । तर, असिनापानीले कहाँ कति क्षेति र्पुयाएको छ भन्ने बारेमा प्राविधिक स्याउ खेति भएका स्थानमा गहेकाले क्षेतिको विवरणका बारेमा प्राविधिको रिर्पोट पछि मात्रै भन्न मिल्ने जिल्ला कृषि विकास कार्यालय मुगुले जनाएको छ । सौर्य अनलाइनमा खबर छ।

नन्दबहादुर रोकाया

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments