कृषि क्षेत्रमा अपेक्षाकृत बजेट विनियोजित भएन : किसान सङ्घ

वृक्षरोपण

काठमाडौँ: नेपाल किसान सङ्घले नेपाल सरकारद्वारा प्रस्तुत २०७७/०७८ को बजेटमा कृषि क्षेत्रमा अपेक्षाकृत बजेट विनियोजित नभएको भनी टिप्पणी गरेको छ ।

सङ्घका सभापति भानु सिग्देलले आज एक विज्ञप्तिमार्फत कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सिर्जित बन्दाबन्दीले धरासायी हुन पुगेको मुलुकको अर्थतन्त्रको कृषि क्षेत्रमा व्यापक लगानी गरी कृषि क्रान्तिका माध्यमबाट छोटो समयमै भरथेग गर्न सकिने भए पनि बजेटमा त्यस्तो नदेखिएको तर्क गर। ेका छन् ।

चालू आर्थिक वर्षको बजेटमा भन्दा यस वर्ष कृषिमा विनियोजित बजेटको आकार केही बढेको र किसान क्रेडिट कार्ड, खाद्यान्न स्टोर भण्डार निर्माण गर्ने जस्ता केही सिर्जनात्मकता कार्यक्रम देखिएको उल्लेख गर्दै सङ्घले कृषिको उत्पादन क्षमता बढाउने र नयाँ रोजगारी सिर्जना गर्ने प्रभावकारी योजना भने नदेखिएको भनी टिप्पणी गरेको छ ।

उनले बजेटमा पुनरावलोकन गरी कृषि क्रान्तिको स्पष्ट खाकासहितको बजेट पारित गर्न सरकारसँग माग गरेका छन् । साथै पश्चिमा देशबाट भारत प्रवेश गरिसकेको सलह किरा निकट भविष्यमै नेपालमा पनि प्रवेश गर्नसक्ने सम्भावनालाई ध्यानमा राखी समयमै यसको निवारणको व्यवस्था मिलाउनसमेत विज्ञप्तिमा माग गरिएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments