कञ्चनपुरका किसानको तरकारी खेतमै कुहियो

कञ्चनपुर, कञ्चनपुरको महाकाली नगरपालिकालगायत जिल्लामा रहेका किसानको तरकारी खेतमै कुहिएको छ ।

लकडाउनका कारण किसानको खेतबाट तरकारी बजारमसम्म पुग्न नसकेपछि तरकारी खेतमै कुहिएको हो । महाकाली नगरपालिकाबाट बजारसम्म तरकारी पुर्याउ नराम्रो बाटो नभएको र लकडाउनमा बजार सबै बन्द भएपछि तरकारी खेतमै कुहिएको किसानहरुको गुनासो छ ।

कञ्चनपुर जिल्ला भारतसंग सीमा जोडिएको जिल्ला नेपालका्े बजार सानो भएको र धैरै जसो तरकारी भारतमा समेत निर्यात हुने हुँदा अहिले सीमा नाका बन्द भएपछि तरकारी किसानको खेतमै कुहिएको किसानको भनाइ छ ।

किसानको समस्यालाई मध्यनजर गरी उनीहरुको समस्या हल गर्न जिल्ला प्रसाशन कार्यालय कञ्चनपुर प्रमुखसंग कुराकानी गरी तरकारीलाई बजार सम्म पुर्याउन पहल गर्ने महाकाली नगरपालिका मेयर बीरबहादुर सुनारले बताउनु भएको छ । न्यूज24

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments