उत्पादित तरकारीले बजार नपाएपछि बस्तुभाउलाई खुवाउँदै रोल्पाका किसान

रोल्पा:

रोल्पाका किसानहरुले उत्पादन गरेको तरकारीले बजार नपाएपछि बस्तुभाउलाई कुँडो बनाएर दिन थालेका छन् ।

उत्पादित तरकारीले बजारमा भाउ नपाउँदा किसानले तरकारी बस्तुभाउलाई खुवाउन लागेका हुन् । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ फोर्सबाङ गाउँका किसानले उत्पादन गरेको तरकारीले बजार नपाएपछि बस्तुभाउलाई खुवाउनु परेको बताएका छन् ।

टमाटर, बन्दागोभी, खुर्सानीलगायतको तरकारीले बजार नपाउँदा खेतबारीमै कुहिन थालेपछि बस्तुभाउलाई खुवाउन थालेका हुन् । स्थानीय चन्द्र बोहराले लगानी समेत नउठ्ने र यसले किसानलाई झनै गरिबीको खाडलमा धकेलेको बताए । सिजनभरि दुःख गरेर उत्पादन गरेको तरकारीले बजार नपाउनु र गाइबस्तुलाई खुवाउनुपर्ने अवस्थाले खेती गर्न र बाँझै जमिन छोड्नुमा कुनै भिन्नता नरहेको उनले बताए ।

कृषक भोजराज यरीले किसानको दुःख-पसिनालाई बजार व्यवस्थापन गर्न स्थानीय सरकारले चासो नदिएको गुनासो गर्नुभयो ।

अहिले रुन्टीगढी गाउँपालिकामा स्थानीय उत्पादनलाई खपत गर्न बाहिरबाट आउने तरकारीलाई प्रतिबन्ध लगाइएको छ । गाउँपालिका अध्यक्ष बालाराम बुढाले किसानको उत्पादनले स्थानीयस्तरमै पनि बजार नपाउनुमा लकडाउनलाई कारक मान्नुपर्ने तर्क गरे । न्युज 24मा खबर छ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments