जानिराखौ मह खानुका फाइदा / बेफाइदा

मौरीले फूलको रस चुसेर त्यसमा अतिरिक्त पदार्थहरू मिलाई चाकामा एकत्र गर्दा बन्ने प्राकृतिक गुलियो पदार्थ हो- मह । पृथ्वीमा पाइने सबैभन्दा पुरानो गुलियो वस्तु हो( मह । यसलाई परापूर्वकालदेखि नै मानव स्वास्थ्यका लागि अमृतसमान मानिँदै आएको छ ।

महको स्वाद थाहा नपाउने मानिस सायदै होलान् । महको प्रयोग विभिन्न रोग निवारणमा प्रभावकारी मानिन्छ । महको नियमित सेवन गर्दा यौन क्षमता बढाउनुका साथै यौन क्षमतालाई बचाइराख्न पनि मह खानुपर्छ । यसका अलवा महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । खानामा रुची बढाउन, खोकी, कब्जियतजस्त रोग निको पार्न मह उत्तिकै उपयोगी मानिन्छ । अल्सरका रोगीले नियमित महको सेवन गर्दा निको हुन सहज हुन्छ । आयुर्वेद विज्ञानमा मात्र नभएर एलोपेथिक उपचार पद्धतिमा समेत महलाई गुणकारी औषधिका रुपमा मान्यता दिइएको छ ।

मह कहिल्यै बिग्रिँदैन । ऐतिहासिक तथ्यहरू अनुसार, सन् १९२३ मा मिश्रको फराओ नूनन खामेनको पिरामिडमा रुसी वैज्ञानिकहरूले महले भरिएको एउटा बट्टा भेटेका थिए, जुन करिव ३३ सय वर्ष पुरानो थियो, तैपनि बिग्रिएको थिएन । त्यसको स्वाद र गुणमा समेत अन्तर भेटिएन । मौरीको प्रजाति र वनस्पतिको विविधता अनुरूप नै महको रंग, स्वाद र गुणमा अन्तर हुन्छ । मह बन्ने मौसम, ऋतुका कारण पनि यसको गुण प्रभावित हुने आयुर्वेदमा उल्लेख छ ।

मह खानुका फाइदा :

-महलाइ पोलेको/काटेको शारीरिक अंग र घाउमा समेत दल्ने गरिन्छ । महमा भएका पौष्टिक तत्त्वबाट घाउ निको पार्न र तन्तुको वृद्घिमा मदत पुग्छ ।यसले क्षतिग्रस्त छालाको उपचारमा सघाउँछ ।

-दम र कफ हटाउनुपरे महको उपयोग निकै राम्रो मानिन्छ । उच्च रक्तचाप नियन्त्रण, मुटु सम्बन्धी रोगबाट जोगिन पनि मह सेवनबाट फाइदा मिल्छ ।

-अदुवाको रसमा मह मिसाएर खानाले खोकी निको हुन्छ । सासनलीको संक्रमण भएका दुई वर्ष वा अझ बढी उमेरका बालबालिकालाई सुत्ने बेला दुई चम्चा (१० मिलिलिटर) मह दिँदा रात्रिकालीन खोकी कम हुँदै जान्छ र साथै निद्रा राम्ररी लाग्न थाल्छ ।

-पाकेको आँपको रसमा मह मिसाएर खुवाउँदा जण्डिज निको हुन्छ ।

-वान्ता भएमा समय पुदिनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।

-सुख्खा छालामा मह, दुधको तर, क्रिम र बेसन मिसाएर नियमित लगाउँदा छालामा सुन्दरता आउँछ । यसको सेवनले पोतो, डन्डिफोर आदि हट्छ र अनुहारमा चमक आउँछ ।

-प्याजको रस र मह बराबर मिसाएर सेवन गर्दा कफ निको हुन्छ ।

-कोलेस्ट्रोल कम गर्नसमेत यसले काम गर्छ । अल्सर तथा क्यान्सरबाट बच्नसमेत महले सहयोग गर्छ ।

महको उचित मात्रा मिलाएर सेवन नगर्दा यसले फाइदा भन्दा बेफाइदा नै बढी छन् :

-माछा, मासुसित मह खानु विष सरह हुन्छ ।

-महमा पानी वा दुध बराबर मात्रामा खानु हानिकारक हुन्छ ।

-अम्बा, अंगुरजस्ता अमिलो फलको साथ मह खानु अमृत समान हुन्छ ।

-चिया र कफीको साथ मह विष समान हुन्छ ।

-महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हुँदैन।

-घिउ र महको समान मात्रा कहिल्यै खानु हुँदैन ।

-चिनीमा मह मिसाउनु विष सरह हुन्छ ।

-तेल, घिउ र नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ ।

-निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ ।

-महको ज्यादा उपभोग पनि हानिकारक हुन्छ ।

दुर्लभ खाद्य विषाक्तता हुने सम्भावनाका कारण एक वर्ष भन्दा कम उमेरका बालबालिकालाई मह दिनु हुँदैन 

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments