के हो बोझो ? प्रयोग र फाइदा जानिराखौ

तपाईंले आयुर्वेदिक वनस्पति बोझोका बारेमा केहि न केहि त सुन्नै भएको छ । गुण थाहा नपाएपनि लहैलहैमै भएपनि खानु भएको छ । स्वर बस्दा, घाँटी दुख्दा बोझो खाने चलन छ । यहाँ हामीले बोझोका फाईदाका बारेमा चर्चा गरेका छौं।

बोझो एक प्रकारको वनस्पति हो । यसको जरालाई हामी बोझो भन्छौं। पात चुप्पी जस्तै वा ग्लाडिओल्स प्रजातिका फूल जस्तै हुन्छ । आयुर्वेदमा यसको खास महत्व छ।

यो ओसिलो स्थानमा फस्टाउँछ । सिमसार त बोझोको लागि अनुकूल स्थान नै भयो । कति ठाउँमा यो आफैँ उम्रिन्छ। कतिपय ठाउँमा भने आफैँले रोप्नुपर्छ । बोझो रोपेको एक वर्षपछि प्रयोग गर्न मिल्छ । यसको जराबाट बोट फैलिन्छ । एक पटक राम्ररी फस्टाएको बोझो अक्सर मासिएर जाँदैन ।
गाउँघरतिर घाँटी दुख्दा बोझो चपाउन दिइन्छ । बोझो मुखमा हालेपछि यसको टर्रो र तिख्खर स्वादको रस आउँछ । उक्त रसले घाँटी दुखेको वा टन्सिलको समस्यामा आरम दिन्छ ।

तर, बोझोको उपयोगिता यतिमा मात्र सकिदैन । यो यस्तो औषधिय गुणको वनस्पति हो, जसले हामीलाई प्राकृतिक उपचारमा प्रभावकारी ढंगले काम दिन्छ ।

के हो बोझो ?

बोझो एक प्रकारको बनस्पती हो । यसको जरालाई हामी बोझो भन्छौ । पात चुप्पी जस्तै वा ग्लाडिओल्स प्रजातिका फूल जस्तै हुन्छ । आर्युवेदमा यसको खास महत्व छ । बोझोलाई संस्कृतमा ‘बचा’ भनिन्छ । संस्कृति भाषामा अभिलेख रहनुले पनि यो सदियौंदेखि प्रयोगमा आएको भन्ने अनुमान गरिन्छ । बोझो एरियसी फेमेली अन्र्तगत पर्छ । यसको बैज्ञानिक नाम, अकोरस कालामस हो ।

कहाँ पाइन्छ ?

बोझो सामान्यत पहाडी क्षेत्रमा पाइन्छ । काठमाडौंमा समेत कतिपयको घर बगैंचामा बोझो हुन्छ । यो ओसिलो स्थानमा फस्टाउँछ । सिमसार त बोझोको लागि अनुकुल स्थान नै भयो । कति ठाउँमा यो आफै उम्रन्छ । कतिपय ठाउँमा भने आफैले रोप्नुपर्छ । बोझो रोपेको एक बर्षपछि प्रयोग गर्न मिल्छ । यसको जराबाट बोट फैलन्छ । एक पटक राम्ररी फस्टाएको बोझो अक्सर मासिएर जाँदैन । जरा टुक्राएर प्रयोग गरेपछि, अर्को भागबाट पुन बोट पलाउँछ ।

कसरी प्रयोग गर्ने ?

बोझोको जरा वा भनौ कान्डलाई उखेलेर पखाल्ने । त्यसलाई टुक्रा बनाएर त्यतिकै चपाउन सकिन्छ । लामो समय राखेर खानका लागि चाहि टुक्रा बनाएर सुकाउन सकिन्छ । यसरी सुकाएको बोझोलाई सिसाको बोत्तलमा राखेर आवश्यक्ता अनुसार प्रयोग गर्न सकिन्छ ।

के हुन्छ उपचार ?

बोझोको फाइदा अनेकौ छन् । घाँटी दुखेको निको पार्नदेखि भोक जगाउन समेत बोझो उपयोगी हुन्छ । यो पिनासको समस्यामा पनि लाभदायक हुने बताइन्छ । आर्युवेदविज्ञहरुका अनुसार बोझोले स्नायु प्रणालीमा प्रभाव पार्छ । मेडिकल रिसर्चले समेत यो पुष्टि गरिसकेको बताइन्छ । शरीर लठ्याउनका लागि बोझो प्रयोग गरिन्छ ।

* घाँटी दुखेको ठिक हुन्छ ।

* शरीर वा जोर्नीको दुखाई निको पार्न काम गर्छ ।

* पेट दुखेको अवस्थामा बोझो सेवन गर्न सकिन्छ । यसले आरम दिन्छ ।

* मानसिक तनाव कम गर्न बोझो सेवन गर्न सकिन्छ ।

* हिस्टेरिया, अनिन्द्रामा समेत यो उपयोगी हुन्छ ।

* यसले स्मरणशक्ति बढाउन काम गर्छ ।

* उच्च रक्तचाप नियन्त्रणमा बोझो प्रभावकारी मानिन्छ ।

* बोझोले श्वासप्रश्वासको गति सामान्य तुल्याउन सहयोग गर्छ । दम रोगमा यसले प्रभावकारी काम गर्छ ।

* पेटको समस्या भएमा बोझो सेवन गर्नुपर्छ ।

* पेटको ग्यास निकाल्न, दिसा खुलाउन, बान्ता गराउन पनि बोझो उपयोगी हुन्छ ।

कति सेवन गर्ने ?

कुनैपनि औषधीको मात्रा हुन्छ । राम्रो काम गर्छ भन्दैमा धेरै वा जथाभावी सेवन गर्दा त्यसको नकारात्मक असर पर्न सक्छ । नेपाली समाजमा उखान नै छ, धेरै खायो भने अमृत पनि बिष हुन्छ ।

चूर्ण वा धुलो बनाएर सेवन गर्ने हो भने २५ देखि ५ सय मिलिग्रामसम्म सेवन गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published.