कर्णालीका डाक्टर केसीले तिरिदिए किसानको डेढ लाख ऋण

सुर्खेत, कर्णाली प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसीले

छिमेकी किसानको डेढ लाख ऋण तिरिदिएका हुन् ।

कोरोना भाइरसको महामारीका बेला फ्रन्टलाइनमा काम गरे बापत डाक्टरहरुलाई कर्णाली सरकारले दूर्गम् बिशेष भत्ता उपलब्ध गराएको थियो । डा. केसीले त्यही आएको रकमले, भैंसी किन्दा लागेको ऋण तिर्न नसकेर समस्यामा परेको कृषक कृष्णबहादुर खत्रीको ऋण तिरिदिएका छन् ।

किसान कृष्णबहादुर खत्रीले दूध बेचेर ऋण तिर्ने सोचले भैंसी किनेको तर त्यसअनुसार आम्दानी नभएकाले समस्यामा परेको सुनाए । ‘भैंसी किन्दा ७० हजार ऋण ल्याएको थिएँ, बढेर डेढ लाख पुगेछ । अहिले डाक्टरले तिरिदिनुभयो,’ उनले भने, ‘डाक्टर बाबुलाई धन्यवाद बाहेक के दिन सक्छु र ।’

डा. केसी भन्नुहुन्छ,”कृष्ण बहादुर,मेरा छिमेकी,भैंसी पाल्छन्,दुध बेच्छन,मेहिनेत गर्छन् । बर्षको अन्त्यमा हिसाब गर्दा कारीब २ लाखको ऋण कमाइ’भएछ । एउटा भैंसी बेचेछन् अली कती तिरेछन् । यो बर्ष डाक्टरहरुलाई कर्णाली सरकारले यहाँ काम गरे बापत ‘दूर्गम् बिशेष भत्ता’ दिएको छ।मेरो लागि दूर्गम् वा सुगम होइन कर्णाली,मेरो घर हो, तेसैले यो भत्ता आफ्नो लागि लिन अलिकती गाह्रो लाग्यो,सरकारलाई धन्यवाद दिदै यिन्को रिण तिर्ने काम गरियो । बैंकहरु सधैं नाफामा रहिरहदा मेहिनेती कृष्णबहादुर जस्ता तिनै बैंकका सेवाग्राहीहरुले पनि नाफाको अनुहार देख्न पाउने बैन्किङ बेबस्था कहिले आऊला? अनि ‘श्री रामको’जन्म नेपालमा हो भने “रामराज्य” देख्ने मौका यी कृष्ण जस्ता सुकुम्बासीहरुले कहिले पाउलान? ” फसेबूक/Nawaraj Kc

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?