पशु किसानलाई गल्याङको एक करोड अनुदान

गाईपालन

भवानी अधिकारी

स्याङ्जा : गल्याङ नगरपालिकाले नगरभित्रका पशु किसानलाई १ करोड रुपैयाँ अनुदान वितरण गरेको छ । नगरपालिकाले दुधालु गाईभैंसी खरिदसहित दूध अनुदानतर्फ ७५ लाख र बाख्रा, बंगुर, कुखुरा अनुदान तथा यान्त्रिकरणतर्फ २५ लाख रकम खर्च गरेको जनाएको छ ।

आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट अनुरुप कृषि र पशु क्षेत्रमा एक करोड रुपैयाँ अनुदान उपलब्ध गराएको नगर प्रमुख भुपराज अधिकारीले जानकारी दिए । उनले भने, ‘किसानले उत्पादन गरेनन् भने हामी भोकै पर्नेछौं, किसानका उत्पादनका आधारमा अनुदान दिनेगरी विशेष योजना बनाएका हौं ।’

नगरपालिकाका पशु शाखा प्रमुख शुशिल अर्यालले भने, ‘गत वर्षको नगरसभाले दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो । नगरभित्रका ४ सय ३६ जनाले वर्षभरिमा ४८ लाख रुपैयाँ बुझेका हुन्। उनले, दूध संकलन केन्द्रमा रहेको रेकर्डका आधारमा किसानलाई सो रकम भुक्तान गरेको र सबैभन्दा बढी रकम यसैमा खर्च भएको जनाए ।

गल्याङका दूध बिक्री गर्ने किसानका लागि मात्र यो सुविधा दिइएको हो । जुन किसानले सहकारीमा दुध बिक्री गर्छन्, सहकारीले फ्याट र गुलियोपनको आधारमा दु:खको मुल्य निर्धारण गर्छ । सोही दूधमा नगरपालिकाले प्रति लिटर १५ रुपैयाँ थप गरेर दिने गरेको हो ।

पशुधन विमा कार्यक्रममा १० लाख, क्रण अनुदानमा १२ लाख ८४ हजार, बंगुरपालनतर्फ १० लाख, बाख्रापालनतर्फ १५ लाख र कुखुरा फर्मका लागि १ लाख ४० हजार रुपैयाँ उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

यसैगरी, दूध संकलन तथा क्षमता विस्तारमा दुईवटा फर्मलाई २ लाख, घाँस विकास कार्यक्रम ३ लाख, थुनेलो नियन्त्रणमा ६७ हजार र कृतिम गर्भाधान सेवाका लागि २ लाख, दुधालु फार्म सुधारमा १३ लाख रुपैयाँ नगरपालिकाले अनुदान वितरण गरेको छ । नगरले यान्त्रिकरण कार्यक्रम अन्र्तगत ७० प्रतिशत अनुदानमा ११ लाख वितरण गरेको नगरप्रमुख अधिकारीले जानकारी दिए अन्नपुर्ण पोस्टमा खबर छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments