रेशम खेती : राज्यकाे लगानी बालुवामा पानी, किसान नहुँदा उत्पादन ओरालोमा
वाशु श्रेष्ठ
धादिङ्ग । नेपालमा रेशम खेतीको विकास कार्य २०३२ सालदेखि कृषि विभाग अन्तरगत सुरु भयो । धादिङको धुनिवेशी नगरपालिका वडा नं. ८ खानिखोलामा भने प्रजनन् पिढी वीज कोया स्रोत २०५२ सालबाट सुरु भएको हो । २०२० सालदेखि सुरु भएको बागवानी फर्मलाई खारेज गरी रेशम खेतीको लागि प्रजनन् पिढी वीज कोया स्रोत केन्द्र तत्कालीन सरकारले स्थापना गरेकाे थियाे ।
धुनिवेशीमा स्थापना भएको २५ वर्षसम्म पनि रेशम खेतीमा किसान आकर्षित हुन सकेनन् । बरु बागबानी फर्म हुँदा यहाँका स्थानीय कामदारले सिकेका सीप आफ्नो खेतबारीमा तरकारी खेती गर्न थालेको एक वृद्धले सुनाए ।
तर सोही फर्म मासेर स्थापना भएको रेशम खेतीमा भने किसान आकर्षित हुन सकेनन् । हुन त नेपाल सरकारले किसानहरुलाई प्रोत्सानस्वरुप किम्वुको बिरुवा, रेशम किरा, औषधी, कोया खरिद देखि सबै सेवाका लागि करोडौँ खर्च गरेको छ । तर पनि लामो समय लाग्ने र मुनाफा पनि कम हुने हुँदा रेशम खेती ओरालो लागेको छ ।
विषेश गरी प्रजनन् पिढि वीज कोया स्रोत धुनिवेशीले धादिङ्ग र नुवाकोट हेर्ने गरेको छ । तर नेपालको पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्दा रेशम खेती गर्नेको संख्यासँगै उत्पादन पनि घट्दै गएको देखिन्छ ।
सन २०१६/१७ मा १७ सय ५७ क्षेत्रफलमा लगाएको किम्बु खेतीले ५५ मेट्रिक टन उत्पादन गरेको र सन २०१७/१८ मा १४ सय २१ क्षेत्रफलमा लगाएको किम्वु खेतीले ३० मेट्रिक टन उत्पादन गरेको थियो भने सन २०१८/१९ मा १४ सय १७ क्षेत्रफलमा लगाएको किम्वु खेतीमा २२ मेट्रिक टन उत्पादन भएको तथ्यांकले देखाएको छ । गएको तिन वर्षमा बढ्ने भन्दा पनि ३३ मेट्रिक टन रेशम कोया उत्पादन घट्दै गएको छ । धादिङको गल्छि र नवाकोटको देउरालीमा मात्र किसानहरुले रेशम खेती गर्ने गरेको छन् ।
धादिङ्ग धुनिवेशी नगरपालिका वडा नं. ८ खानिखोलामा रहेको प्रजनन् पिढि वीज कोया स्रोत पनि यस्तै मारमा परेको छ । यस स्रोतले २ वटा जिल्ला धादिङको गल्छि र नुवाकोटको देउरालीमा मात्र रेशम खेती गर्ने किसान रहेको हुँदा राज्यको करोडौँ लगानी बालुवामा पानी हालेसरह भएको छ ।
त्यसैले राज्यको लागानीलाई सार्थक बनाउने हो भने बागबानी फर्मलाई नै निरन्तरता दिन आवश्यक देखिन्छ, जसका कारण धुनिवेशी नगरपालिकामा काउली, खोर्सानी, सिमि, गोलभेडा लगायत नगदे बालीबाट आर्थिक उपार्जन गर्न सफल भएका छन्, किसानहरू न्युज 24 मा खबर छ ।
