सरकारले चिनी आयात गर्न दुई वटा संस्थालाई अनुमति

काठमाडौं :

सरकारले चिनी आयात गर्न दुई वटा संस्थालाई अनुमति प्रदान गरेको छ। मन्त्रिपरिषद् बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई चिनी आयात गर्न अनुमति प्रदान गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवत्ताmा उर्मिला केसीका अनुसार मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति प्रदान गरेपछि मन्त्रिपरिषद्को बैठकले चिनी आयात गर्न अनुमति दिने निर्णय गरेको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार र साल्टलाई २० हजार टन गरी ३० हजार टन आयात गर्न अनुमति प्रदान गरिएको छ। यो चिनी आयात गर्न सरकारले ५० प्रतिशत भन्सार शुल्क छुटको समेत सरकारले सुविधा दिएको छ। पछिल्लो समय स्वदेशी चिनी उद्योग र साल्टसँग मौज्दात सकिएको मौका उठाएर ठूला व्यापारीले कालोबजारी गरी प्रतिकिलो एक सय रुपैयाँसम्ममा चिनी बिक्री गर्दै आएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?