Eucalyptus बिरुवा लगाई आम्दानी कसरी लिने ??

यो ठीक्कको देखि ठुलो , छिटो बढने, २०-५५ मिटर सम्म अग्लो र २ मिटर चौडा हुन्छ । यो प्रायः सबै खाले माटो र बाताबरण मा हुर्किन्छ र प्राय तराईको विभिन्न जिल्ला हरु मा यसलाई लगाइन्छ । यस्को लागि वार्षिक ८००मि. मि. पानी आवश्यकता पर्द्छ । खाली रहेको जमिन र खोला नाला को छेउछाउ को जमिन मा यस्लाई लगायर निश्चित (८-१३) बर्ष पछी आर्थिक लाभ लिन सकिन्छ ।

बिरुवा छनोट गर्दा राम्रो वृद्धि भएको र हाईबृड जातको छनोट गर्नुपर्दछ। बिरुवा जिल्ला बन कार्यालय वा मातहात का कार्यलय बाट निशुल्क वा शसुल्क प्राप्त गर्न सकिन्छ । विभिन्न नर्सरी बाट पनि प्रती बिरुवा रु. १०-२० मा राम्रो बिरुवा खरिद गर्न सकिन्छ ।

बिरुवा रोप्नु अघि खेत लाई रोटाभेटर ( Rotavator) ले वा हाइरो ले राम्रो सग जोत्नु पर्छ । जस्ले गर्दा बिरुवा को वृद्धि मा झार पात को प्रभाव कम हुन्छ ।

बिरुवा लगाउदा दुरि ( ३मि. * १.३५ मि. ) मा लगाउनु पर्दछ र यो दुरि माटो र ठाउँ अनुसार फरक फरक हुन सक्छ ।

बिरुवा जेठ देखि कार्तिक सम्म लगाइन्छ ।

खाड्ल ४५*४५*४५ से.मि. को हुनुपर्द्छ ।

मलखाद राम्रो सग प्रयोग गर्नु पर्द्छ र निम मा आधारित तत्त्व को प्रयोग गर्नु पर्दछ ।

५० ग्राम फोस्फेट र २५० ग्राम भर्मीकम्पोस्ट वा गोबरमल प्रति खाड्ल प्रयोग गर्नु पर्दछ ।

सिचाइ ८-१० चोटि गर्नु पर्द्छ र यो माटो को आवश्यकता अनुसार फरक फरक हुन्छ ।

बिरुवा ६ महिना को भय पछी माटो को ड्याङ बनायर गोड्मेल गर्नुपर्द्छ जस्ले गर्दा सिचाई राम्रो सग हुन्छ र झार ले विरुवा को वृद्धि मा कम असर गर्दछ ।

मल – बर्ष को एक चोटि ५० ग्राम (१७:१७:१७) NPK प्रयोग गर्नुपर्द्छ । र यसको साथ मा माइक्रो न्यूटृयन्ट( nutrient) को प्रयोग गर्नु पर्द्छ र बजार मा सजिलो सग उपलब्ध हुन्छ ।

बिरुवा सिधा प्राप्त गर्नका लागि काटछाट गर्नुपर्दछ ।

ब्यवस्थापन :

मनसुन सुरु हुनु पुर्ब बिरुवा लाई गोड्मेल गर्नु पर्द्छ।

रोग र किरा बेवास्थापन :

ट्र्माईट : निम्बिसाईड(Nimbicides) २मि.लि. प्रती लि. पानीमा प्रयोग गर्नुपर्द्छ।

पिङक रोग : बोरडेक्स(Bordeaux) & मिक्स्चर प्रयोग गर्नुपर्दछ।

उत्पादन : प्रति हेक्टर मा ५ बर्ष को अन्तराल मा ३५-६० मेटि्रक ट्न हुन्छ ।

लेखक: Bibek Lamsal Bsc Agriculture 8th sem, Gokuleshwor Agriculture and Animal Science College, Baitadi, Tribhuvan University

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments