धेरै फाइदा हुन सक्ने १५ कृषि व्यवसायहरु, जुन हामीले यसरी सुरु गर्न सक्छौ

यदि तपाईले किसानका समस्याका बारेमामात्र सोच्नुभएको छ भने अब फाइदाका बारेमा पनि सोच्नुहोस । निम्न स्तरका किसानहरुले पनि अब यी ब्यबसाय गरेर फाईदा लिन सक्नुहुनेछ । यो जानकारी तिनीहरुको लागि हो जसले नेपालमै केही गर्नु पर्छ र खेतीमै नेपालि आत्मनिर्भर हुनु पर्छ भन्ने सोच राख्नुभएको छ तर उचित तरिका जान्नुभएको छैन ।

मुख्यत हामिले ३ भागमा विभाजीत गरि कृषि व्यवसाय लाई हेर्न सक्छौ ।

१. बीउ, मल, मेसिन, दानाको व्यवसाय
२. कृषि उत्पादन ( अन्न, तरकारी, दूधजन्य पदार्थ, मासुजन्य )
३. उत्पादन हुदा र भइसकेपछि गर्न सकिने ( कृषि ऋण, कृषि बिमा, बजार ब्यबस्थापन, भन्डारण, प्याकेजीङ, यातायात आदि )

के हुन त धेरै फाईदा हुने कृषि व्यवसायहरु

कृषि फार्म
केही रुपैँया लगानी गरेर आफ्नो क्षेत्रमा धेरै माग भएका बस्तुहरुको उत्पादन गर्न सकिन्छ र स्थानीय रुपमा यस्को ब्यबसाय गर्न सकिन्छ जसको लागि स्थानीय क्षेत्रको माग के छ त्यस्को अध्यन गर्नु पर्छ ।

फार्म

अर्गानिक कृषि फार्म ग्रिन हाउस
अहिले बिश्व बजार र नेपाली बजारमा अर्गा्निक उत्पादन को माग बढी छ । यो उत्पादन प्रयोग गरेर आफ्नो क्षेत्र साथसाथै विभिन्न सुपर मार्केट, सप मा बिक्रि गर्न सकिन्छ ।

ग्रिन हाउस

फुल खेती
नेपालमा धेरै मात्रामा फुल भारत तथा अन्य देशबाट आउँछ । यदि हामीले बजारको माग बुझेर खेती गर्न सक्यौं भने धेरै फाईदा लिन सकिन्छ जस्तै तिहार को लागि सयपत्री फुल, भ्यालेनटाईन लाई लक्ष गरेर गुलाब को फुल, बिबाह पुजा को लागि विभिन्न फुल आदि।

फुल

भर्मि कम्पोस्ट अर्गानिक मल उत्पादन
यस को लागि केही प्राबिधिक जानकारी लिएर यस व्यवसाय सुरु गर्न सकिन्छ ।
फोहरबाट मल

कुखुरा पालन र मासुपसल
यस व्यवसायले धेरै किसानहरु लाई आर्थिक लाभ गर्न मदत गरेको छ हामिले आफ्नो क्षेत्रमा आफै कुखुरा पालेर आफै मासुपसल संचालन गर्न सकेमा धेरै नाफा लिन सकिन्छ ।

कुखुरा पालन

कृषि सामग्री पसल
कृषिका विभिन्न सामग्री हरु जस्तै हाईड्रोपोनिक्स सामग्री, प्लास्टिक, मल्च, मल, बीउ राखेर व्यवसाय सुरु गर्न सकिन्छ ।

च्याउ खेती
च्याउखेती गरेर केही हप्तामा मनग्य आमदानी गर्न सक्छौ । यसको लागि लगानी पनि कम लाग्ने र समय पनि कम लाग्ने र सजिलो सग बिक्रि हुने हुन्छ ।

च्याउ

चिप्लेकिराको खेती
थारु समुदायमा प्रख्यात यसमा प्रचुर मात्रामा प्रोटिन पाईन्छ र अन्य समुदायमा पनि महत्व छ । आफ्नो नजिकैको होटल हरुमा सम्पर्क गरेर यस्को व्यवसाय गर्न सकिन्छ ।

मौरीपालन
अहिले समयमा शुद्ध महको माग नेपालमा सगै अन्तराष्ट्रिय बजारमा धेरै छ । यदि हामिले शुद्ध मह उत्पादन गरि आफ्नै ब्रान्ड राखेर बिक्री गर्न सक्छौ जसबाट आम्दानी लिन सकिन्छ ।

मौरीपालन

माछापालन
बर्ष भरी गर्न सकिने यस ब्यबसाय मा आर्थिक लगानी गर्न सकिन्छ । उपयुक्त ठाउ मा माछापालन गर्न सकेमा बिक्री गर्न पनि पिर हुदैन फर्म बाट नै माछा बिक्री हुन्छ । जाडो समयमा धेरै माछाको बिक्रि हुने गरेको पाईन्छ ।

माछा

सुर्यमुखी खेती
सुर्यमुखि तेलको लागि प्रयोग हुन्छ । यस्को लागि कम पँुजि चाहिन्छ तर जग्गा प्रयाप्त हुनु पर्दछ । यसलाई नगदे बाली पनि भनिन्छ ।

फलफुल तथा तरकारी बिक्री
साना किसानहरु बाट खरिद गरेर बजारमा पठाउदा फाईदा लिन सकिन्छ ।

बिक्रिका लागि तयार स्याऊ

पिठो उत्पादन
आफ्नो ब्राण्ड बनाएर बजारमा पिठो बिक्री गर्न सकेमा मनग्य आम्दानि लिन सकिन्छ ।

उखुखेती
उखुखेती नगदे बालीको रुपमा चिनिन्छ । उखु उत्पादन गरेर बिक्रि गर्न सकिन्छ अझ आफैले आफ्नो बजार क्षेत्रमा उखुको जुस बनाई बिक्री गर्न सकेमा दोब्बर फाईदा हुन्छ ।

माटो जाच्ने ल्याब तथा प्राविधिक सहयोग
प्राबिधिक सहयोग लियर माटो जाच्ने ल्याब सन्चालन गर्न सकेमा फाईदा लिन सकिन्छ अझ उक्त ल्याब लाई खेत सम्म लग्न सक्ने प्रबिधि बिकास गर्न सकेमा किसानलाई फाईदा हुनुका साथसाथै आम्दानी पनि लिन सकिन्छ ।

लेखक: विवेक लम्साल बि.एसजी एजी आठौं , संक्रान्तमा अध्यनरत हुनुहुन्छ र उहाँले विभिन्न कृषि परामर्शहरु पनि दिदैँ आउनुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?