एक करोड पचासलाखको लगानीमा दिदीभाई मिलेर पोल्ट्री तथा कृषी फार्म सञ्चालन

पोखरा, पोखरा महानगरपालिका वडा नं. ३२ कोखे पूणीटारमा एक करोड पचासलाखको लगानीमा सुरज पोल्ट्री तथा कृषी फार्म विगत तीन बर्ष देखि सञ्चालनमा आएको छ ।

बाह्र हजार कुखुरा अट्ने कुखुराको खोर, लोकल कुखुरा छोडेर पाल्ने खुल्ला ठाँउमा र ब्राख्रापालको खोर सहित करिव २५ रोपनीमा तयार गरिएको फार्महाउसमा हाल १० जना प्रत्यक्ष रोजगारी सृजना भएको छ । विदेशमा सिकेको शिप र ज्ञानलाई आफ्नै देशमा केही गरौ भनी वेलायत बसेर आउनु भएका ईश्वर शाही र दिदी विध्येश्वरी शाही मिलेर सञ्चालन गर्नु भएको फर्ममा हाल कोरानाको असरका कारण तीन हजार लयर्र्स कुखुरा, ३०० लोकल कुखुरा, ३० ब्राखा पालन हुदै आएको छ । साथै नयाँ बट्टाई पनि पाल्न थालिएकोछ ।

दिदीभाई मिली सञ्चालन भएको फार्ममा नियमिति रुपमा २८०० पिस कुखुराको अण्डा उत्पादन हुदै आएको फर्मका मेनेजर सुरेश के.सी.जानकारी दिनु भएको छ । कोरोना कारण नियमिति रुपमा आपूर्ति हुने दाना लगायत चल्ला खरिदमा समस्या रहको बताउनु हुन्छ फर्मकी सञ्चालीका विध्येश्वरी शाही ।

नेपालमा व्यवसायी कृषी शुरुवात भएको र सोबाट आम्दानीपनि विदेशबाट कमाएको भन्दा कम नभएको बताउनु हुन्छ फर्मका सञ्चालक ईश्वर शाही । दिदीभाई मिलि सञ्चालन भएको फर्म भविष्यमा एग्रो टुरिजमलाई ध्यान दिदै रेष्टुरेन्ट तथा मुलको शुद्धपानीलाई मिनिरल वाटर कम्पनी पनि सञ्चालन गर्ने योजना रहेको सञ्चालक शाही बताउनुुहन्छ ।

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments