केराखेतीमा किरा र रोगले समस्या

कैलालीको टीकापुरलगायतका क्षेत्रमा यसपालिको डुबानका कारण केराखेतीमा समस्या आउने देखिएको छ । केराखेतीका लागि माटो, सिँचाइ सुविधालगायत विभिन्न कारणले यो क्षेत्रमा केराखेती गर्ने किसान धेरै रहे पनि डुबानपछि किरा र रोग देखिएकाले उत्पादन घट्ने आशंका बढेको हो ।

केरा कृषक दीपेन्द्र चौधरीको १० बिघा केराखेतीमध्ये केही क्षेत्रफलको केरामा समस्या देखा परेको छ । व्यावसायिक रूपमा गरिएको उनको केराखेतीमा पात सुक्ने, पहेँलिने, ओइलाउने र जरामा समस्या देखा पर्दै गएको छ  । उक्त समस्या लगातारको बर्सात र पानीका कारण देखा परेको उनले बताए ।

किसानले अहिले मालभोग, हरिछाल, रोवस्टा, विलियम, जी नाइन, चिनियाँ चम्पा, झापालीलगायत जातका केराको उत्पादन राम्रो हुने भएकाले रोप्ने गरेका छन् । अन्य बालीभन्दा केराखेतीका लागि मल धेरै आवश्यक हुन्छ । मलकै भरमा उत्पादन हुने भएकाले बर्सात र डुबानले केरालाई पर्याप्त मल पुग्दैन ।

धेरै पानीका कारण केराको उत्पादनमा ह्रास आउने चौधरीले बताए । उत्पादनको तयारीमा रहेको केरामा पानीको डुबानका कारण समस्या भइरहेको उनको दुखेको छ । –नयाँ पत्रिका

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments