सोलुखुम्बुमा वर्षाका कारण स्याउ बिग्रियो

जुम्ली काँचो स्याउ

सोलुखुम्बु । लगातारको वर्षाका कारण सोलुखुम्बुमा रहेको वागवानी केन्द्र फाप्लुमा स्याउ खेतीमा असर परेको छ ।

माथिल्लो सगरमाथाका तीन जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङका कृषकलाई वागवानी प्रविधि विस्तारका लागि सञ्चालनमा रहेको वागवानी केन्द्रले केही वर्षयता लगाएको उच्च घनत्व स्याउ यस वर्ष वर्षाका कारण कामै नलाग्ने भएका हुन् ।

स्याउका ठूला बोटमा फल लाग्ने क्रम पातलिदैँ गएपछि स्याउ खेती विस्तार गरेको वागवानीले पानी र असिनाका कारण क्षति व्यहोर्नुपरेको वरिष्ठ वागवानी विकास अधिकृत उपेन्द्र ठाकुरले बताउनुभयो ।

वागवानी केन्द्र फाप्लुमा रोपिएका करिब तीन सय स्याउ सबैले फल दिन थालेका थिए ।

जिल्लाभर करिब दुई हजार पाँच सय स्याउका विरुवा रोपिएका छन् ।

नयाँ प्रविधिको स्याउ राम्रो भइरहेको बेला यस वर्ष झरीका कारण बिग्रिएको हो ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments