कृषि उत्पादन र नेपाली बजार

नेपाली बजारमा नेपालमा उत्पादित कृषि सामाग्रि वा पशु उत्पादित बस्तुको बजार भन्दा भारतीय उत्पादित बस्तुहरुको आयात र निर्भरता ब्यापक रुपमा देख्न सकिन्छ । चैत्र महिना देखि बिश्व महामारिको नाम दिइएको कोभिड १९ का कारण बन्दाबन्दिको अबस्थामा पनि नेपाली कृषकबाट उत्पादित बस्तु भन्दा भारतीय तरकारिहरु आयातित बढि देखियो जसले गर्दा गाँउघरमा उत्पादन भएका तरकारि, फलफुल , माछा, मासुहरुको धेरै मात्रामा नोक्सानि हुन पुग्यो ।

बिश्व ब्यापारिकरण संगैै बिभिन्न कृषि उत्पादन हुने देशबाट खाध्यबस्तु निरन्तर आयात गर्नु पर्नेे अबस्था छ । World Trade Organization (WTO) कोे सदस्य राष्ट्र भएकै कारण स्वयम स्वदेशमा उत्पादन भएका बस्तुहरुले बजार नपाउने र बिदेशी बस्तुहरुले नेपालि बजार ओेगटेको देखिन्छ । यस्तोे परिस्थितिले देश भित्र आफनो भबिष्य खोज्ने कृषि क्षेत्रमा आबद्ध कृषकहरु कसरि टिकि राख्ने र आफ्नो घर परिवारको लागि साझ बिहानको जोहो कसरि गर्ने भन्ने चिन्ताले छटपटि राख्ने अबस्था छ ।

बजारमा उपलब्ध हुने महंगा एग्रोभेटको बिउ ,रासायनिक मल ,श्रमशक्ति खर्च , खनजोत , प्राबिधिक सेवा जस्ता बिभिन्न कुराहरु बाट जोडेर तयारि उत्पादनले बजार नपाउदा झनझन कठिन बन्दै गैराखेको छ । स्वदेशी बस्तुको उत्पादन लागत बढि हुने , बिचौलियाको चरम मुनाफाबादि सोच , मुल्यसृङ्खलामा आधारित बजार ग्यारेन्टि नहुनुले स्वदेशी उत्पादन खेर गैराखेको छ भने अर्को तर्फ चरम निरासाहरु पैदा गरिराखेको छ । राज्यद्धारा गरिब किसानका निम्ति उत्पादन लागत न्युनिकरणका लागि सस्तो सहुलियतरुपमा उत्पादन सामाग्री तथा शक्ति कृषकलाइ सहयोग गर्न सकिराखेको अबस्था छैन भने जिम्मेवार सरकारि तवरबाट प्रयाप्त नेपालको हावा, माटो, पानि सुहाउँदो प्रबिधिको बिकास र प्रसारण आम किसानहरुमा जोडन सकिराखेको छैन र उपयुक्त कृषि यन्त्रिकरण किसान माझ पुगेको छैन । सरकारि भागबन्डा मा आधारित मन्त्रालयहरुबाट कृषिमा बिज्ञता रहेका ब्यक्तिहरु यस क्षेत्रको नेतिृत्वमा अझै आउन सकिराखेका छैनन् ।

समाजबाद उन्मुख भन्ने नारा बोकेर हिडेका कम्युनिष्ट सरकार भ्रष्टचार, अनियमितता , अबैध ब्यापार दलालि र यसका प्रशासनिक अड्डाहरु चरम बेथितिमा चलिराखेका छन् । बिभिन्न समयमा राजनितिक आन्दोलनबाट स्थापित सत्तासिन बाट यस्तो अबस्था देखिनु आम जनता र किसानहरुमा निराशा भन्दा अरु बाढ्न सक्दैन । राज्यशक्ति समय अनुसारको सापक्षतामा चलाउन नसक्ने हो भने कुनैपनि बर्गको हित नगर्ने र राजनितिक तथा आर्थिक रुपमा दुर्घटनामा अगाडि जाने निश्चित प्राय देखिन्छ ।

बिकास र समानता आर्थिक सक्षमतालाइ थप जोड दिदै लैजानका लागि कृषिजन्य बस्तु र औधोगिक क्षेत्रबाट उत्पादन हुने बस्तुको नाफा मुल्यमा समय र शक्ति लागतका आधारमा किसानले उत्पादन गर्ने बस्तुहरुको मुल्यलाइ बैज्ञानिक ढंगबाट निर्धारण गर्दै लैजाने जसले गर्दा पँुजिलाइ आफनो हितको लागि प्रयोग गर्न सक्छ र समान अन्य ब्यबसायहरु बराबर आफ्नो हैसियत कायम राख्न सक्दछ ।

समय सापेक्ष प्रविधि बिकास तथा हस्तान्तरण उत्पादन लागतका लागि प्रबिधिक तथा उत्पादन सामाग्री सहज/सहुलियत दरमा उपलब्ध गराउने , भूगोल अनरुपको कृषि यन्त्रिकरण लाइ जोड्दै लैजाने , सरकारको बिभिन्न अंगमा रहेर काम गर्ने जनशक्तिलाइ किशानका खेत सम्म पुगेर प्राबिधिक सहयोग , बेरोजगार जनशक्तिलाइ कृषि उत्पादनमा जोड्ने , कृषि बिमालाई ब्यापकरुपमा अगाडि बढाउने उत्पादित बस्तु न्युनतम समर्थन मुल्य तोकि बजारको ग्यारेन्टि तथा कृषि क्षेत्रबाट उत्पादन हुने कच्चा पदार्थबाट औधोगिकरणमा विविधताका साथ अगाडि बढाउन सक्ने हो भने आम किसानमा उत्साह , निर्यातमुखि उत्पादन बेरोजगार शक्तिलाई कृषि पेशा आकर्षक पेशाको रुपमा स्थापित गर्न सकिन्छ ।

लेखक : प्रकाश गिरि (कृषि प्रशिक्षक,जनता.मा.बि(प्राबिधिक शिक्षालय),मकवानपुर)

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments