केही वर्ष अघि बाँझो रहेको जग्गा यतिबेला तरकारी खेतीले हरियाली

शान्ता कमली


लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिका-८ भुष्मेमा केही वर्ष अघि बाँझो रहेको जग्गा यतिबेला तरकारी खेतीले हरियाली भएका छन् । भुष्मेका अधिकांश कृषक तरकारी खेतीमा लागेका छन् । किसानले काउली, बन्दा, गोलभेंडा लगायतका तरकारीको खेती गरेका छन् ।

यसअघि तरकारी किन्दै आएका स्थानीयले अहिले घरैपिच्छे तरकारी लगाएका छन् । स्थानीय विष्णुमायाँ तामाङका अनुसार गाउँका ५५ घरपरिवार नै तरकारी खेतीमा व्यस्त छन् ।

‘पहिले किनेर काम चलाउने गरेका थियौं अहिले आफैले गर्नुपर्छ भन्ने बुझेपछि घरघरमा टनेल बनाएका छौं’, उनले भनिन्, ‘आफैले तरकारी फलाउन थालेपछी आफुलाई खान र बिक्री गरेर २/४ पैसा आम्दानी गर्न सजिलो भएको छ ।’

स्थानीय होमराज तामाङले अहिले सिंगो गाउँ नै तरकारीमा आत्मनिर्भर भएको बताए । उनले भने, ‘कोरोनाको महामारीका समयमा गाउँका सबै किसान तरकारी खेतीमा व्यस्त छन् । गाउँलेको दैनिकी तरकारी खेतीमै वित्ने गरेको छ ।’

२०७१ सालेदखि तरकारी खेती गर्दै आएकी नीलमायाँ तामाङले ८ रोपनी जग्गामा अहिले व्यावसायीक तरकारी खेती गरेकी छन् । उनले ५/६ वटा टनेल निर्माण गरी मौसमी तथा वेमौसमी तरकारी खेती गर्दै आएको बताइन् । उनले भनिन्, ‘पहिलेका दिनमा दुई/चार पैसा देख्न पनि रहरै हुन्थ्यो अहिले त महिनामा नै ५० हजार आम्दानी हुन्छ ।’ नया पत्रिकामा खबर छ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments