म्याद नाघेका र दर्ता नभएका खाद्य पदार्थ नष्ट

तम्घास: जिल्लाको मदाने गाउँपालिकाले म्याद नाघेका, दर्ता नभएका र अनुमतिबिना बिक्री वितरणका लागि राखिएका खाद्य सामग्री नष्ट गरेको छ ।

गाउँपालिकाका कर्मचारी र इलाका प्रहरी चौकी पुर्कोट दहले शुक्रबार अनुगमनका क्रममा फेला पारेका सामग्री बरामद गरी नष्ट गरेको हो ।

जनप्रतिनिधि एवम सरोकारवालाको रोहवरमा सामग्री नष्ट गरिएको हो। व्यापारीले म्याद नाघेका सामग्री बिक्री गरेको तथा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको उपभोक्ताले गुनासो गरेपछि गाउँपालिकाले प्रहरीको सहयोगमा बुधबार र बिहीबार बजार अनुगमन गरेको थियो ।

गाउँपालिकाको वडा नं १, ४ र ६ मा गरिएको अनुगमनबाट भुजालगायतका खाद्य पदार्थ, चुरोट तथा सुर्तीजन्य पदार्थ, मदिरा र मदिराजन्य वस्तु बरामद गरिएको थियो। कूल रु. एक लाख २० हजार बराबरको सामग्री नष्ट गरिएको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?