जीवन धान्न ज्यानको बाजी राखेर माछा मार्न त्रिशुलीमा हेलिन्छन मजदुरहरु

धादिङ-

कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि गरिएको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरेर विहान बेलुकीको छाक टार्ने वर्गका मानिसहरु निकै समस्यामा परेका छन ।

निषेधाज्ञाका कारण मजदुरी गर्न नपाएपछि अब के खाने भन्ने चिन्तामा छन- मजदुरहरु । जस्ले गर्दा जोखिम मोलेर त्रिशुली नदीमा माछा मार्ने काम गर्न हेलिन्छन ।

लक डाउनका कारण विहान बेलुकी हात मुख जोर्न समेत धौ धौ हुन थालेपछि अब के गर्ने भन्दै मजदुरहरु यस्तो काममा लागेका हुन । दिनभरि माछा मार्दा आधादेखि एक किलो जम्मा हुन्छ ।

विक्रि भए सात आठ सय रुपैँया आउँछ । त्यही पैसाले लक डाउनको समयमा विहान बेलुकीको गर्जो टार्नका लागि सहयोग पुग्ने गरेको उनीहरु बताउँछन ।

त्रिशुली नदी किनारामा बसी दिनभरि बालुवा उठाई त्यसको विक्रिबाट घर खर्च चलाउदै आएका धादिङका बालुवा मजदुरहरु अहिले बालुवा विक्रि नहुँदा र मजदुरी गर्न नपाउँदा समस्यामा परेको गुनासो गर्छन ।

विहान बेलुकीको गर्जो टार्न र कोठा भाडा बुझाउन समेत लक डाउनका कारण समस्या परेको उनीहरुको दुखेसो छ ।

सरकारले कोरोना महामारीको नियन्त्रण र रोकथामका लागि आव्हान गरेको निषेधाज्ञाको समय करिव एक महिना भइसकेको छ ।

त्यसो त जिल्लामा रहेका अधिकांश मजदुरी गर्नेहरुको अवस्था दयनीय बनेको छ ।

विहान बेलुकीको छाक टार्नसमेत मजदुरी गर्न नपाउँदा निकै समस्या परेको भन्दै सरकारले आफुहरुलाई विषेश राहात प्याकेजको ब्यवस्था गर्नुपर्ने माग उनीहरुको छ ।

धादिङका नदी र खोलामा बालुवा चाल्ने सयौँ मजदुरहरु अहिले यस्तै समस्यामा परेका छन ।

गत वर्षको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागी गरिएको लक डाउनमा त विभिन्न संघ संस्थाहरुले राहात समेत दिएका थिए तर यस पटक कुनैपनि संघ संस्थाहरुले यस्तो बर्गका मानिसहरुलाई सहयोग नगरेको उनीहरुको भनाइ छ ।

सरकारले समेत विपन्न वर्गका मानिसहरुलाई बेवास्ता गरेको आरोप उनीहरुले लगाएका छन ।।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments