नेपालको सन्दर्भमा कोदो खेती प्रविधि यसको महत्त्व र उपयोगिता

कोदो खेती

परिचय:काेदाेकाे वैज्ञानिक नाम “Eleusine coracana” हाे। याे “Graminae” तथा (Poaceae) परिवारमा पर्दछ। काेदाे विश्वकाे एक प्रमुख अन्न बालि हाे। यसकाे उत्पत्ति अर्फिकि महादेशकाे ईथियाेपिया भन्ने देशमा भएकाे हाे। नेपालमा पहाडी क्षेत्रमा काेदाेलाई मकै पछिकाे दाेर्साे बालि मानिन्छ। यसकाे खेति नेपालकाे पहाड र तराई दुबै क्षेत्रमा गरिन्छ। यस क्षेत्रमा कोदोलाई मकैमा घुसुवा बालीको रुपमा तथा एकल बालीको रुपमा पनि लगाइन्छ ।

आजकल कोदोप्रति कृषकहरुको लगाव घट्दै गएको भए तापनि यसमा पाइने खाद्य तत्व र पोषणका कारण यसलाई अन्य अन्नबालीको तुलनामा उच्च स्थानमा राख्न सकिन्छ । सुख्खा तथा चिस्यान कम हुने माटोमा पनि राम्रोसँग सप्रने हुनाले याे बालिलाई नेपालकाे पहाडी भेगमा प्रमुख बालीमध्ये एक मानिन्छ ।करिब १५० सेन्टिमिटर सम्म अग्लाे हुने याे काेदाेकाे डाठाे चाैडा र गांठाे गाेलाे हुन्छ । उत्पत्ति :डे क्याण्डोल (१८८६)-का अनुसार, कोदोको अनेकौं रूप हाम्रो देशमा पाइएकोले कोदो सम्भवत: भारतबाटै उत्पत्ति भएको हो। उत्तर भारतको विभिन्न भागमा पाइने एल्युजिन इण्डिका नामक घाँसजातीय वनस्पतिबाट यसको उत्पत्ति भएको हुनसक्छ। यो भारतबाट एबिसिनिया र बाँकी अफ्रिकी देशहरूमा फैलिएको हुनसक्छ। तर भेभिलो (१९५१) र मेहरा (१९६२) एल्युजिन कोराकाना अफ्रिकी मूलको भएको ठान्छन् अनि यो बाली शुरुमा सोबोइन मार्ग भएर अफ्रिकाबाट भारतमा आएको बताउँछन्।

हावापानीः सामान्यतया मध्य पहाडी क्षेत्रको भिराला पाखाहरुमा बर्षे बालीको रुपमा कोदो लगाइन्छ । यसको लागि उपोष्ण हावापानी भएको, वार्षिक वर्षा ७५ देखि १०० मि.मि. र तापक्रम ११ देखि २७ डि. से. हुने स्थान उपयुक्त हुन्छ । तर अधिक वर्षा हुने ठाउँहरुमा रोग लाग्ने भएकाले निकासको राम्रो व्यवस्था गर्नुपर्छ । कोदो प्रमुख अन्न बाली भएको कारणले गर्दा यसको उत्पादन विभिन्न क्षेत्रमा गरिन्छ । यसको उत्पादन जात, मौसम तथा बाली व्यवस्थापनमा निर्भर गर्दछ । कोदोलाई गरम तथा सम शितोष्ण हावापानि चाहिने भएका पनि यसको खेती तराई देखि ७००० फिट अग्लो पहाडसम्म गर्न सकिन्छ । बोट वृद्धिको लागि बढि तापक्रम चाहिन्छ भने यसका लागि औसत अधिक्तम तापक्रम २७ डिग्ी सेल्सियस र न्युनतम तापक्रम १८ डिगी सेल्सियस तापक्रम उपयुक्त मानिन्छ ।

माटोः कोदोको सफल खेतीको लागि हल्का बलौटे र पानी नजम्ने माटो उपयुक्त हुन्छ । यो बाली पि.एच. ४.५ देखि १० सम्म माटोमा खेती गर्न सकिन्छ । रातो माटोमा फलामको मात्रा बढी हुने हुँदा यस्तो माटोमा कोदो बढी फस्टाउँछ ।
जातीय छनोट ः कोदोका रैथाने जातहरुबाट नै हरेक वर्ष उत्कृष्ट बोटहरु र तिनका ५० देखि १०० बालाहरु छनौट गरी त्यसको बीउबाट किसानहरु स्वयंले राम्रो उत्पादन लिन सक्छन् । यसरी छनोट गर्दा धेरै चिसो तथा धेरै खडेरी सहन सक्ने, ठूला र आकर्षक बाला भएको, नढल्ने, रोग कीरा नलागेका, बाला सुक्दासम्म पनि बोट हरियै रहने, एकैनासले पाक्ने, मध्यम एकैनासको उचाइ भएका, धेरै गाँज भएका बोटहरुबाट बालाहरु छान्दै जानुपर्छ । नेपालमा अनुसन्धानबाट सिफारिस गरिएका उन्नत जातहरु यसप्रकार छन् ।

१. ओख्ले–१: यो मध्य तथा उच्च पहाडका लागि सिफारिस गरिएको नङ्ग्रे कोदो हो । यसको उचाइ ८० से.मि. हुन्छ । यो १५४ देखि १९४ दिनमा पाक्छ भने उत्पादन ३.३ टन प्रतिहेक्टर दिन्छ ।
२. डल्ले–१ : यो मधेश र मध्यपहाडी क्षेत्रका लागि सिफारिस गरिएको ११० से.मि. उचाइ हुने, मुड्के कोदो हो । यो १२५ देखि १५१ दिनमा पाक्छ । ३.३ प्रति हेक्टर उत्पादन दिन्छ ।
३. काभ्रे कोदो–१ : यो मध्यपहाडी क्षेत्रका लागि सिफारिस गरिएको, ८२ से.मि. अग्लो, ठाडा औंलाहरु भएको कोदो हो । यो १४७ दिनमा पाक्छ र २.३ टन प्रति हेक्टर उत्पादन दिन्छ ।
४. काभ्रे कोदो–२ : यो मध्यपहाडी क्षेत्रका लागि सिफारिस गरिएको, ९१ से.मि. अग्लो र फिँजारिएको कोदो हो । यो १५३ दिनमा पाक्छ र २.५ टन प्रति हेक्टर उत्पादन दिन्छ ।
५. सैलुङ्गे कोदो–१ : यो उच्च पहाडी क्षेत्रका लागि सिफारिस गरिएको, १०० से.मि. उचाइ हुने, कस्सिएको मुड्के कोदो हो । यो जात १५५ दिनमा पाक्छ र २.५ टन प्रति हेक्टर उत्पादन दिन्छ ।

जग्गाको तयारी : सामान्यतयाः मकै बाली भित्र धुसुवा बालीका रुपमा कादो लगाईने भएकाले मकै भित्र कोदालीले माटो पल्टाएर झारपात सफा गरेपछि कादोको बेर्ना रोप्ने प्रचलन छ तर एकल बालीको रुपमा कोदो खेती गर्न हलो वा टयाक्टरले एक दुई पटक राम्ररी जोते पछि डल्ला फोरेर झारपात हटाएर जमिनको तयारी गर्नुपर्दछ भने कादो खेतीका लागि माटोलाई मसिनो बनाउनु नै उपयुक्त हुन्छ ।

कोदो खेती गरिने जमिनमा पानी जम्ने अवस्था आउन नदिन पानीको निकासको राम्रो प्रबन्ध मिलाउनु पर्दछ अनि बल्ल कोदो खेती गर्नको लागि बारी तयार हुन्छ। कोदो खेती गर्दा लाईनको दुरी २०–२५ सेन्टिमिटर तथा बोटको दुरी ८–१० सेन्टिमिटर हुनुपर्दछ। लाईनमा छर्दा बीउ ३–४ सेन्टिमिटर गहिरो हुनुपर्दछ। बेर्ना सारेर खेती गर्दा ४ किलोग्राम बीउ एक हेक्टरको लागि पुग्ने गरि बेर्ना उमार्न पुग्छ तर साधारणतय एक हेक्टरको लागि ८–१० किलोग्राम बीउ चाहिन्छ, बीउ सबै ठाउँमा एकनास हुने गरि छरिदिने र माथिबाट १–२ सेन्टिमिटर बाक्लो गरि माटोले छोपी त्यसलाई थराल, तितेपाती वा असुरो आदिले छोपी चराचुरुङ्गीबाट बचाउनु पर्दछ।

मलखाद : कुनै पनि खेती गर्नुपूर्व माटोको परीक्षण गराएर माटोमा अपुग तत्वहरु उपयुक्त मात्रामा प्रयोग गर्नु सबैभन्दा राम्रो हुन्छ । लगाउने जात, माटोको प्रकार, बाली लगाउने तरिका जस्ता कुराहरुको आधारमा कोदोमा मलखादको मात्रा निर्धारण गर्नु पर्छ । कोदोमा प्रति रोपनी युरिया ३.६६ के.जी., डि.ए.पी. ३.२६ के. जी., पोटास १.६६ के. जी. र प्राङ्गारिक मल २०–२५ डोका प्रयोग गर्दा राम्रो उत्पादन लिन सकिन्छ । यसरी मल प्रयोग गर्दा डि.ए.पी. र पोटासको पुरै मात्रा र युरियाको आधा मात्रा जमिनको अन्तिम तयारीको समयमा प्रयोग गर्ने र बाँकी आधा युरिया गाँज आउने समयमा प्रयोग गर्ने गर्नुपर्छ । नेपालको धेरै स्थानहरुमा मकै छर्दा प्राङ्गारिक मल प्रयोग गर्ने र कोदो रोप्दा मल प्रयोग नगर्ने चलन भए तापनि कोदोको उत्पादन बढाउन उचित मात्रामा मलखाद प्रयोग गर्नु आवश्यक हुन्छ ।

रोग तथा किरा ब्याबस्थापन:
यसको खेती अथवा उत्पादन गर्दै जादा विभिन्न किसिमका रोग तथा किराहरु लाग्न सक्छ जस्तै :
१. रिठ्ठे किरा : यो एक किसिमको कालो रङ्गको खपटे किरा भएकाले यसले जमिन मुनि बसि कोदोको व्याडलाई क्षति पु¥याउँछ । पानी नलाग्ने सुख्खा बालीलाई यसले दुःख दिन्छ । यसको रोकथामका लागि मालाथायन धुलो २० किलोग्राम – हेक्टरका दरले बीउ रोप्नु भन्दा अगाडि माटोमा मिसाउनु पर्दछ ।
२. खुम्रे किरा : यसको लाब्रे र माउ खपटेले जमिन मुनि बालिलाई क्षति पु¥याउँदछ । यसको व्यवस्थापनका लागि मालाथायन धुलोे २० किलोग्राम – हेक्टरका दरले बीउ रोप्नु भन्दा अगाडि माटोमा मिसाउनु पर्दछ ।
३. धर्के गवारा तथा गुलाबि गवारो : फुलबाट निस्कनसाथ गवारोको लाब्रे गुभाबाट भित्र पसी मुल डाठ खाई सुकाई दिन्छ । यसको व्यवस्थापनको लागि डेल्टामेथिंन २ मिलि लिटरका दरले पानीमा मिसाई छर्कनु पर्दछ ।

पौष्टिक महत्त्व : प्रत्येक १०० ग्राम कोदोमा पाइने पौष्टिक तत्वहरु:
प्रोटिन ७.६ ग्राम
फ्याट १.५ ग्राम
कार्बोहाइड्रेट ८८ ग्राम
क्यालसिएम ३७० ग्राम
भिटामिन ०.४८ मिलिग्राम
थाइमिन (बि१) ०.३३ मिलिग्राम
राइबोफ्ल्याबिन (बि२): ०.११मिलिग्राम
नाइसिन(बि३) : १.२ मिलिग्राम
फाइबर: ३ ग्राम

उपयोगीता :
कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यो सजिलै पच्दछ । यसमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व हुन्छन् । केही व्यक्ति ग्लुटेन प्रति संवेदनशील हुन्छन् । यस्ता व्यक्तिका लागि कोदो राम्रो विकल्प हो । कोदो खाए शक्ति मिल्दछ । यो ऊर्जाको राम्रो स्रोत हो । यसबाहेक तौल घटाउनसमेत कोदो खानु राम्रो मानिन्छ ।

कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन, जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ । मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ । यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ । कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्‍याउँछ । यसमा आइरनसमेत निकै हुन्छ, जसले गर्दा रगतको कमीले हुने रोगले छुन पाउँदैन । पेटको स्वास्थ्यका लागि कोदोको सेवन धेरै लाभकारी मानिन्छ । कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रूपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम पाइन्छ । केहि अध्ययनका अनुसार कोदो क्यान्सरबाट बचाउन पनि सहयोगी हुन्छ । यसको नियमित सेवनले मधुमेहको खतरासमेत कम हुन्छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका–४, भामवाडा गाउँका किसान बारीमा पाकेको कोदो टिप्दै । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस
Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments