अमेरिकन फौजि किराको परिचय र यसको नेपालमा प्रवेश

माहामारी माथिको माहामारी ! एका तिर कोरोनाले अस्तब्यस्त पारेको समयमा अहिले खोटाङ् जिल्ला लगाएत नेपालको विभिन्न् जिल्लाको मकै बालीमा अमेरिकन फौजी किराले धेरै नाश गरिरहेको छ ,जसले गर्देा किसानहरु एकदमै र्मकामा परिरहेका छन् । आउनुहोस् आज बुझौ के हो फौजी किरा? कसरि सखाप पार्छ बालीनाली र कसरि नियन्त्रण गर्ने भन्ने बारेको लेख पढौ र सबैले सेयर गरौ ।

यो फोजि चाहि हाम्रो बालि नालिमा नोक्सानी गनॅ किरा हो । विश्व समुदायमा प्रवेश गरेको धैरे भएको छैन त्यही पनि छोटो समयमै अति भयानक रूपले हाम्रो खाद्यान्न सग युद्ध गरेर नोक्सानी पुर्‍याएको एउटा खतरनाक किरा हो ।बालि नालिमा हुने नोक्सानीले वषिर्या हजारौ किसानको पसिनालाई छिन भरमै नाश गरिदिन्छ। वषिर्य रूपमा आजको यो विलासी संसारको सपना देखि भरिपुर्ण संसारमा वषीय पिछे नया रोग, किरा र प्रकृतिक विपत्ति देखिनु स्वाभाविक नै हो जस्तो लाग्छ । त्यही पनि यस्तो विपत्ति भयानक भएर आईदिनाले खाध्य संकट निम्ति प्रभाव पार्न अवस्था आउँछ अनि हामी सचेत हुन सुरु गछौ ।यस्तै एउटा समय आउँछ कि त्यस जिवाणु र शत्रुले बालि नालिमा पुरै नोक्सानी गरेर बालिको उत्पादनलाई कम गरेर खाद्यन्न सकंट सम्म निम्त्याउन सकछ । सामान्यतय ओसतमा ३६•५% नोक्सानी बालिनालिमा हुने गदॅछ जसमा रोगको कारणले १४% , किराको कारणले १०•२% र झारले १२•२% हुने गदॅछ ।त्यसैले हामीले समयमै विभिन्न उपया अपनाएर समाधान भए यो नोक्सानी कम गरेर विश्वलाई खाद्य संकट देखि केहि हद सम्म बचाउन सकिन्छ ।आज म यस्तै खतरनाक किरा जसले आफ्नो जिन्दगी जिउन हाम्रो बालिलाई नाश गरेर सताइरहेको छ।

अमेरिकन फौजी किरा ( फल आमिॅवम ) पुतली वगॅको रात्रीचार किरा हो । यसको वैज्ञानिक नाम Spodoptera frugiperda हो र यो Noctuidae परिवार अन्तर्गत पदॅछ ।यसको वयस्क पोथी अण्डा पानुॅ अगाडि उपयुक्त आहारको खोजीमा ५०० km सम्म टाढा उडेर जान सक्छ । विश्वमा सवॅ प्रथम अमेरिकामा 2015 AD मा देखिएको यस किरा 2016 AD मा अफ्रिकाको नाइजेरियामा देखिएको पाइन्छ । त्यस् पछि 2018 AD मा एसियाको भारतमा देखिदै 2019 मा नेपालमा भित्रिएको हो । नेपालमा पहिलोपटक नवलपरासी जिल्लामा २०७६ (2019, August 12 ) मा राष्ट्रिय बाली संरक्षण सङ्गठन ( NPPO) को बाली किटनाशक व्यवस्थापन केन्द्रमा बसेको बैठकले आणविक विश्लेषण द्वारा पुष्टि गरेको हो ।यस किराले बालीमा कोतारेर खाएर नोक्सानी पुर्याउछ । यो किराले आक्रमक रूपमा धेरै ठाउँमा फैलिएर धेरै क्षति पुर्‍याउन सक्छ । मुख्यतय यो किरा मकै बाली लगाएत ८० वटा भन्दा बढी बालीहरूमा आक्रमण गदॅछ । यसले मुख्य बालीहरू मकै , धान, जुनेलो ,गहुँ , आदिमा बढी क्षति गरेको पाईन्छ ।

कसरी थाहा पाउने यसले खाएको भनेर?

मुख्यतय मकैमा बढी देखिने भएकाले मकैको पात ,झुगाॅ , गुबा , धानचामल , घोगा , डाठ लगायत सम्पूर्ण भागमा क्षति पुर्याउने गदॅछ ।
फुलहरूबाट निस्कने वितिकै सानो larva ले पातको बाहिरी सतहमा हरियो भाग कोतरेर खान्छ जसले गदाॅ पात झिल्ली झ्याल जस्तो आकृति देखिन्छन् ।त्यसपछि यी larva हरूले आफैले वनाएको रेसा जस्तो प्वाल र हावाको माध्यमले अन्य बोटहरुमा फैलिन्छन् ।
कलिलो अवस्थाको मकैमको गुबो भित्र पसि प्वाल पारेर खान थाल्छन् र विरूवा बढ्दै जाँदा पातहरुमा स-साना प्वालहरू देखिन सकिन्छ ।
यस किराको अत्याधिक आक्रमण भएको अवस्थामा मकैमा असिनाबाट भएको क्षति जस्तै पातहरू चिरा-चिरा भएको देखिन्छ। विरूवा हुकॅदै जादा मकैको धान जमरा , झुॅगा ,घोगामा असर पदॅछ ।

Damage on tassel by FAW larva

Typical damage symptoms

जीवनचक्र
यस किराको जीवनचक्र विभिन्न वातावरणमा भरपदॅछ र सामान्यतय २७ देखि ३२ दिनमा पुरा हुन्छ ।यस किराको जीवनचक्रमा अण्डा अवस्था, larva अवस्था , pupa अवस्था र वयस्क पुतलीको अवस्थामा गरि ४ वटा अवस्थामा पुरा हुन्छ ।

१.अण्डा अवस्था

  • पोथी पुतली रातको समयमा सामान्यतय पातको तल्लो सतहमा रहि सरदर एक समयमा १००-२०० को संख्यामा अण्डा पादॅछ ।
  • अण्डाको रङ्ग सुरूवाती अवस्थामा न्वानि जस्तो सेतो, हरियो वा खोइरो रङ्को हुन्छ । जुन परिपक्क हुदै जाँदा कालो रंगमा परिवर्तन हुन्छ ।
  • सामान्यतय २-३ दिनमा अण्डाबाट larvaहरू निस्कन्छन् ।

२. Larva अवस्था

  • पुरै विकसित larva को टाउकोमा दुई वटा याकको बिच भागमा अङ्ग्रेजी अक्षरको उल्टो ` Y`जस्तो आकारको धकाॅ हुन्छ ।
  • लाभाॅको माथिल्लो सतहमा तिनवटा पहेलो रङ्गका समान्तर धकाॅहरु टाउँको पछाडि देखि अन्तिम सम्म प्रष्ट रूपमा देखिन्छन् ।
  • लाभाॅको अवस्था [१४-२१]दिन सम्म रहन सक्छ । लाभाॅ पूर्णरुपमा विकसित हुन यसले पाच देखि छ पटक सम्म काँचुली फेर्ने गदॅछ ।

३. Pupa अवस्था

  • यो किराको pupa को रङ रातो खोइरो हुन्छ ।
  • पूर्ण विकसित लाभाॅ सामान्यतय माटोभित्र गई माटो तथा जैविक पदार्थहरुलाई रेशमी धागोले जोडी coccoon बनाई त्यसभित्र अचल अवस्थामा जान्छ ।
  • Pupa ६-८ दिन सम्मको अचल अवस्थापछि वयस्क पुतलीहरूमा परिवर्तन हुन्छ ।

४. Adult अवस्था

  • वयस्क पुतलीहरू खरानी मिश्रित खैरो रङ्गका हुन्छन् र रातिमा सक्रिय हुन्छन् ।
  • भाले पुतलीको अघिल्लो पखेटाको टुप्पो तिर ठुलो सेतो धब्बा हुन्छ र बिच तिर अण्डा आकारको हल्का खैरो रङ्गको धब्बा देखिन्छ भने पोथी पुतलीमा यस्ता धब्बाहरू देखिदैनन् । भाले तथा पोथीको पछाडीको पखेटा सेतो र भित्री किनारामा कालो धरसा भएको हुन्छ ।

व्यवस्थापन

यो खतरनाक किरा भएकोले एउटा मात्र उपाय देखि सामाधान गर्न गाह्रो हुन्छ त्यसैले हामीले विभिन्न एकीकृत शत्रु जिव व्यवस्थापनका उपायहरू अपनाउन सक्छौ ।

क)शारिरीक तथा यांत्रिक उपाय

१) नियमित रुपमा खेतबारीमा अवलोकन गनॅ
२) किराको लाभाॅ र पतंगहरू सकंलन गरि मानॅ कायॅ गनुपदॅछ ।
३) प्रकाशको पासो (light trap ) र फेरोमन जालहरूको प्रयोग मकैको खेतीमा स्थापित गरि किराको निगरानी गर्ने ।

ख) सांस्कृतिक विधि

१) अगौटे र समकालिन मकैको जातहरू पकेट क्षेत्रहरुमा लगाउनु पदॅछ ।
२) यस किरासग प्रतिरोधात्मक क्षमता भएका र मकैको घोगाको दानाहरू छोपि धेरै भुसि (husk ) उत्पादन गनॅ जातहरू लगाउने ।
३) अत्यधिक मलको प्रयोग नगनॅ ।
४) मकै छनु भन्दा अगाडि राम्रोसग खनजोत गनॅ ।
५) Push-Pull strategy अपनाउने (धक्का र तान्ने रणनीति , जसमा मकैसगै बिचबिचमा किरालाई धक्का गनॅ Desmodium spp. र तान्ने नेपियर घास छेऊ तिर लगाउने जसले गदाॅ किराहरू यस घासमा मात्रै सिमित रहन्छन् र हामीले यस घासमा मात्र विषादी छरेर किरा मानॅ सक्छौ ।)

ग) जैविक विधिमा
१) विभिन्न सिकारि किराहरु खपटे किरा , गोब्रे किराहरूको प्रयोग गनॅ साथै चरा ,मुसाहरू, झिगा र बारूलाको नि प्रयोग गर्न सकिन्छ ।
२) परजिविहरू Archytus marmoratus र Cotesia marginventris को प्रयोग गनॅ सकिन्छ ।
३) Entomopathogenicको रूपमा Nuclear polyherdrosis virus (NPV) , metarhizium anisoplea , Bt को प्रयोग गर्न सकिन्छ ।
४) निममा आधारित जैविक विषादी Azadiractin को प्रयोग ५ ml पर १ लिटर पानीमा गनॅ सकिन्छ ।

घ) रसायनिक विधि

१) मकै रोप्नु अगाडि Imidiacloprid विषादी ४८% प्रति kg बिऊमा ४ ml का दरले बिऊ उपचार गरेर रोप्ने ।
२) कृषि प्राविधिकको सल्लाह बमोजिम विभिन्न विषादीहरू जस्तै क्लोरान ट्रानिल प्रोल , स्पानोस्याड, ईमामेक्टन वेन्जोएट नामको झोल विषादि ( एक लिटर पानिमा २ ml ) प्रयोग गनॅ ।

अन्त्यमा नियमित रूपमा खेतबारीको अवलोकन गरि धेरै क्षति हुन नदिऊ धेरै क्षति भए पछि तपाई हामी कसैको उपायले नि सामाधन गनॅ गार्हो हुन्छ । कृषि प्राविधिकको सल्लाह बमोजिम विषादीको सहि तरिकाले प्रयोग गर्न गर्नुहोस् । २ वषॅ भित्रमै विश्वमा देखिएको किरा नेपाल भित्रिएकोले सिमाना चेकमा अन्य देश देखि बिऊ लिएर आउदा चेकजाँच गरेर मात्र नेपाल भित्राउने गदाॅ राम्रो । त्यसैले सरकारी क्षेत्रबाट पनि नेपाली किसानले भोगेको यस किराको सामाधनको लागि विभिन्न कदमहरु चालियोस ।
जय कृषि

सन्जय खत्री
Bsc agriculture IAAS,TU
Running Msc Ag Biotechnology, AFU
कृषि प्रसार अधिकृत, Diktel Rupakot Majhuwagadi Municipality,Khotang

REFERENCES
Fall Armyworm in Africa, A guide for integrated pest management, CIMMYT
Identification and management of fall armyworm Spodoptera frugiperda. ICAR-Indian Institute of Maize Research

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments