विक्रि नभएपछि हप्तामा ७ लाख चल्ला गाड्दै व्यवसायी

चितवन : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण सबै व्यवसायमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव परिरहेको छ । निषेधाज्ञाका कारण ठूलो क्षति व्यहोर्नु परेको क्षेत्र धेरै छन् । त्यस मध्यको पोल्ट्री व्यवसायमा पनि प्रभाव परेको छ ।

अघिल्लो वर्षको लकडाउनका कारण पोल्ट्री क्षेत्रले सबैभन्दा बढी क्षति बेहोर्नु परेको थियो । यस वर्ष पनि व्यवसाय नराम्ररी प्रभावित भएको पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताउनुभयो । उहाँका अनुसार, चल्ला, मासु र दाना क्षेत्रमा दैनिक धेरै नोक्सानी भइरहेको छ । अहिले चल्लालाई दैनिक दाना खुवाउन सक्ने क्षमता समेत किसानमा नभएको बताउनुभयो ।

निषेधाज्ञाका कारण कुखुरामा जस्तै चल्ला खपतमा पनि समस्या भएको छ । बजार पसल बन्द भएसँगै कुखुराको व्यापार पनि ठप्पजस्तै बनेको छ । अहिले चल्ला पाल्ल कठिन भएपछि किसानहरु चल्ला गाड्न बाध्य भएको बताउनुभयो । उहाँका अनुसार, व्यवसायीले हप्तामा सात लाखको हाराहारीमा चल्ला नष्ट भएका छन् । उत्पादन भएको चल्ला पाल्न नसकेपछि व्यवसायीले गाडेका हुन् ।

कुखुरा हुर्किने समय कटेपछि दानापानीमा धेरै खर्च हुने र कतिपय मर्ने भएकाले समेत ठुलो घाटा हुने गरेको व्यवसायी बताउँछन् । तीन महिना पुगेपछि तौल नबढ्ने तर दानापानीमा चाहिँ ठुलो खर्च आइरहने हुँदा मारमा परेको व्यवसायीको भनाइ छ ।

फुल फेजमा उत्पादन गर्दा यहाँ हप्तामा ५० लाखको हाराहारीमा चल्ला उत्पादन गर्ने क्षमता छ । अहिले १५ लाख जति उत्पादन हुँदै आएको उहाँले बताउनुभयो । बोइलर पाल्ने किसानहरु पलायन हुन थालेको समेत उहाँले बताउनुभयो । गत बर्षको लकडाउनमा किसानहरुले ३७ लाख रुपैयाँ घाटा व्यहोरेका थिए ।

निषेधाज्ञाको समय भए पनि पछिल्लो समय अण्डाको खपत बढेको छ । अण्डाको लागि केही समस्या छैन । निषेधाज्ञाको समयमा अण्डाको खपत बढिरहेको नेपाल अण्डा उत्पादक संघले जनाएको छ । फार्मबाट पछिल्लो समय क्रेटको तीन सय ७० रुपैयाँले बिक्री भइरहेको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले बताउनुभयो । साथै अण्डाको क्षत्रमा ओसारपसारमा पनि समस्या नभएको उहाँको भनाई छ । उत्पादन पनि कम भएकाले अण्डाको भाऊ रहेको उहाँले बताउनुभयो । – कालिका न्युज

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments