छरूवा धान खेती प्रविधि

परिचय

नेपालमा धान खेती गरिने कुल क्षेत्रफलको करिब ९० % मा हिल्याएर रोपाई गरिन्छ । नेपालको खेती प्रणाली मन्सुनी वर्षमा आधारित रहेको र जलवायु परिवर्तनका कारण हालैका वर्षहरूमा मनसुनको शुरूवात ढिलो गरी हुने क्रम बढ्दै गएको हुनाले धान रोपिने समय पनि ज्यादै ढिलो हुने गरेको छ । यसले धानको उत्पादनका साथै समग्र बाली प्रणालीमा नै नकारात्मक असर पारेको सन्दर्भलाई मध्यनजर गर्दै नेपाल कृषिअनुसन्धान परिषदले विकास गरेके छ । छरूवा धान खेती गर्ने औजार ( जिरो टिल सिड ड्रिल ) झारपात व्यवस्थापन,उन्नत जात,उपयुक्त लगाउने समय,मलखाद आदिको उपयुक्त प्रयोग गर्ने सकिएको खण्डमा यो प्रविधिदॢरा उत्पादन लागत कम गरी धानको उत्पादन बढाउन सकिन्छ ।

छरूवा धान खेती प्रविधिबाट हुने फाईदाहरू

– रोपाई गरिने धान खेतीको तुलनामा २५-३०% श्रम शक्ति कम लाग्दछ ।
– माटो हिल्याउनु नपर्ने भएकोले लगभग २०% पानी बचत हुनुका साथै सिँचाइ कम गर्नुपर्छ।
– सिडड्रिल मेशीन को प्रयोग गर्दा करीब ४-५ घण्टामा १ हेक्टर जमीनमा बीउ छर्न सकिन्छ।
– महिलाहरुलाई हीलोमा लामो समयसम्म निहुँरेर रोपाई गर्दा स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल
असर न्यूनीकरण गर्न सकिन्छ।
-रोपाई गरेको धान भन्दा छरूवा धान ७-१० दिन छिटो पाक्दछ ।

बीउ छर्ने समय र तरीका

मध्य पहाडमा जेठ महिनाको पहिलो हप्तामा पर्याप्त चिस्यान भएको जग्गामा ३०-३५ किलोग्राम बीउ प्रति हेक्टरको दरले सिधैं छरूवा धान हलोको पछाडि वा सिडड्रिलबाट छरेको धानमा गोडमेल गर्न सजिलो हुन्छ। बीउ २-३ सेन्टीमिटर गहिराई माटोमा रोपिनु पर्दछ ।धान छरेको २-३ हप्ता भित्र खाली ठाउँ देखीएमा बाक्लो भएको ठाउँबाट उखेली खाली ठाउँमा सार्न सकिन्छ।

मलखाद व्यवस्थापन

छरूवा धानलाई माटोको उर्वराशक्ति र जातको आधारमा १००-१२० किलोग्राम नाइट्रोजन, ४० किलोग्राम फस्फोरस र ३० किलोग्राम पोटासियम प्रती हेक्टर अर्थात एक रोपनी १०-१३ किलोग्राम युरिया, ४ किलोग्राम डि. ए. पी र २.५ किलोग्राम पोटासका दरले हाल्नु पर्दछ । युरिया मललाई तीन भाग गरी गाँज हाल्न सुरू हुने, फूल फूल्न अघि र फूल फूलेको बेलामा प्रयोग गर्नु पर्दछ।

जात

छरुवा धान खेती प्रविधिका लागि पहाडमा खुमल -४, खुमल-८, र खुमल- १० र तराईको लागि सुख्खा धान-१, सुख्खा धान-२, सुख्खा धान-३, तरहरा-१, हर्दिनाथ-२, घैया-२, राधा-४, बिन्देश्वरी उपयुक्त हुन्छन् ।

झारपात व्यवस्थापन

छरुवा धानको सफल उत्पादनको लगी झारपात व्यवस्थापन सबैभन्दा ठूलो चुनौती हो । छरुव धानमा झारपातको अत्यधिक प्रकोप हुने भाएकाले समयमै नियन्त्रण नगर्ने हो भने धानको उत्पादनमा शत प्रतिशत सम्म क्षेति भएको पाइएको छ । छरूवा धान खेतीमा समस्याको रूपमा देखिने प्रमुख झारहरूमा गन्धे, पटपटे, भिरिंगी, लट्टे, लुंडे, काँडे, काने, भृंगराज, चिंतलाँगे, लेउ, दुबो, बन्सो, सामा, कोटे, घोडेबन्सो, मोथे, झिरूवा, सुइरे, इत्यादि हुन् । गोडमेलबाट झारको व्यवस्थापन गर्न सम्भवन नभएको अवस्थामा झार मार्ने विषादीको प्रयोगबाट नियन्त्रण गर्न सकिन्छ । छरूवा धाना झारपातको व्यवस्थापन निम्न अनुसारको काममा समयमा नै गर्नु अति आवश्यक छ ।

झारपात व्यवस्थापन तरिका

धानका झारका बीउ मिसिएको भए रोप्नु अगाडि गर्ने र झारपात बढी देखिएमा दोस्रो गोडाई गर्न उपयुक्त हुन्छ। धान छरी सकेपछी पराललाई छापोको रूपमा प्रयोग गर्नाले सुरूमा आउने झारहरू कम हुनुको साथै माटोमा चिस्यान कायम रहन्छ । छरूवा धान र ढैंचाको मिश्रित खेतीको गरेको अवस्थामा झारपातको प्रकोप कम हुने र ३५-४० दिनमा झारनाशक विषादी २,४ – डी प्रयोग गर्दा ढैंचासँगगै अन्य झारपातहरू पनि मर्दछन् । ढैंचाले मलको पनि काम गर्दछ । यसरी झारपात र ढैंचाहरू केही दिनमै खेतमा कुहिएर जान्छ र धान उत्पादनमा सहयोग गर्छ । झारपातको राम्रोसँग व्यवस्थापन भयो भनि छरूवा धान बाट राम्रो प्रतिफल पाउन सकिन्छ |

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments