मौसमी फल आलु बखडा खानुका फाइदा जानिराखौ

देख्दैमा रसिलो मनै लोभ्याउने मौसमी फल आलुबखडा गुणको खजाना हो । गर्मीमा यसलाई खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले आन्तरिक मात्र नभई छाला पनि स्वस्थ हुन्छ । यसको स्वाद थोरै गुलियो र थोरै अमिलो हुन्छ । यो मिनरल्स, भिटामिन र फाइबरले भरपुर हुन्छ । आउनुहोस्, आलुबखडा खानुका कस्ता फाइदा छन् त्यसबारे जानकारी लिऔंः

• बोक्रासहित आलुबखडाको सेवनले क्यान्सर र ट्युमरको सेल्स बढ्न रोक्छ ।

• आलुबखडा खाँदा हड्डी बलियो हुन्छ । महिलामा अस्टियोपोरोसिस रोक्न आलुबखडा निकै सहायक हुन्छ ।

• कोलस्टेरोल घटाउनः आलु बखडामा धेरै मात्रामा फाइबर पाइन्छ । यसकारण कोलस्टेरोललाई नियन्त्रण गर्नका लागि आलु बखडाले मद्धत गर्छ । यसले कलेजोसँग जोडिएका स्वास्थ्य समस्यालाई पनि कम गर्न मद्धत गर्छ ।

•रोग प्रतिरोधी क्षमताको बृद्धीः आलु बखडामा भिटामिन सी निकै धेरै मात्रामा पाइन्छ । यसकारण शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउन आलु बखडा निकै फाइदाजनक हुन्छ । जुन व्यक्तिहरूलाई चिसोको समस्या छ उनीहरुले नियमित रूपमा आलु बखडा खानु राम्रो मानिन्छ ।

• छालालाई स्वस्थ र चमकदार बनाउनः आलु बखडामा एण्टीअक्सिडेन्टको उपस्थितिका कारण यसको नियमित प्रयोगले छालालाई चमकदार बनाउन मद्धत गर्छ भने यसले सम्झने क्षमतालाई बृद्धी गर्न समेत फाइदा गर्छ ।

•पाचनप्रणालीः आलु बखडामा हुने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्धत गर्छ ।

•आखाँका लागिः आलु बखडामा पर्याप्त मात्रामा भिटामिन ए पाइन्छ । यसकारण यसको प्रयोगले आँखाको समस्या कम गर्न मद्धत गर्छ ।
•शरिरमा उर्जाका लागिः आलु बखडाको प्रयोगले शरिरको मिनेरल शोषण गर्ने क्षमतामा बृद्धी गर्छ र यसले शरिरमा उर्जा दिनुका साथै फ्रेस राख्न मद्धत गर्छ ।

• मुटुको रोगमाः आलु बकडामा पाइने भिटामिन के र पोटासियमले मुटुसँग जोडिएको समस्यालाई कम गर्न मद्धत गर्छ ।

• मोटोपन घटाउनः जो मानिस आफ्नो तौल घटाउन चाहिरहेका हुन्छन्, उनीहरूले आलु बखडा खानु राम्रो मानिन्छ । यसको सेवनले बारम्बार भोक पनि लाग्दैन र तौल पनि नियन्त्रण गर्न मद्धत गर्छ ।

• मधुमेहमाः यसले शरिरमा रहेको मधुमेहको मात्रालाई नियन्त्रण गर्छ । आलु बखडालाई मधुमेहका रोगीलाई निकै उपयुक्त मानिन्छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments