किसान उत्साहित : गाउँपालिकाद्वारा किसानलाई अनुदान

सहुलियतपूर्ण कर्जामा युवाको बढ्दो आकर्षण

सल्यान: त्रिवेणी गाउँपालिकाले अनुदान उपलव्ध गराएपछि किसान उत्साहित हुन थालेका छन् ।

गाउँपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान उपलब्ध गराएपछि किसान कृषि तथा पशु व्यवसायमा आकर्षित हुन थालेका हुन्। गाउँपालिकाले प्रति खसीबोका रु पाँच सय, दूधमा प्रतिलिटर रु पाँच र अण्डामा प्रतिगोटा पैसा ५० अनुदान दिँदै आएको छ ।

जिल्लामै पहिलोपटक प्रोत्साहन गर्ने उद्देश्यले अनुदान दिन थालेपछि कृषकले व्यवसाय विस्तारसमेत गर्न थालेका छन्। किसानलाई दिइने अनुदानल उत्साह मात्रै नथपेर उत्पादनमा समेत वृद्धि भएको गण्डकी बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक अर्जुनकुमार श्रेष्ठले बताए ।

गाउँपालिकाको नीतिअनुसार उत्पादक किसानलाई अनुदान दिन थालिएपछि उत्पादन वृद्धि भएको त्रिवेणी गाउँपालिका पशु शाखा प्रमुख वसन्त रावतले जानकारी दिए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?