जुम्लाको सिमी,कोदो र मार्सीचामल क्यानडा निर्यात

जुम्ला : जुम्लाको पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात भएको छ। १८ टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात भएको हो। कर्णाली सेफ एण्ड सुपरफुट इन्डस्ट्रिजका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल,४ टन सिमीको दाल र १ टन कोदो निर्यात गरेको जानकारी दिए।

क्यानडा स्थित लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टो कम्पनीले जुम्ली उत्पादन लिएको हो। मार्सी चामल,कोदो र सिमीको कार्टुनमा नेपाली झण्डा अंकित लोगो राखिएको थियो। लेवलिङ र प्याकेजिङ तथा प्रोसेसिङको काम सबै नेपाली माटो नामक संस्थाले गरेको हो।

जुम्लाको सिंजा क्षेत्रबाट १३ टन र तातोपानी गाउँपालिका ४ गिडीखोलाबाट १ टन मार्सी, काठमाडाैं पुगेको थियो । पहिलो पटक जुम्ली उत्पादन क्यानडा निर्यात भएपछि स्थानीय निकै खुसि छन्। स्थानीय जीवनबहादुर खत्रीले स्थानीय उत्पादन क्यानडा निर्यात भएपछि किसानमा हौसला थपिएको बताए। उनले भने,‘अहिले किसानले खेतियोग्य जमिनको उपयोग गर्न थालेका छन्। आफ्नो खेतबारीमा उत्पादित बस्तुको मुल्य थाहा पाएका छन्। ’

गत फागुनमै निर्यात गर्ने तयारी भएपनि कोरोना कहरका बीच प्रक्रिया नमिलेकोले ढिलाई भएको हो। जुम्लीको उत्पादन अन्र्तराष्ट्यि बजारमा पुग्नु चानचुने बिषय होइन। उनले भने,‘किसानले आफ्नै खेतबारीको महत्व बुझ्न जरुरी छ। आमदानीको स्रोत पनि स्थानीय उत्पादन बनाउनु पर्ने भन्दै बाँझो रहेको कृषियोग्य भुमि प्रयोग गर्न उत्साह मिलेको छ। ’राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा जुम्ली मार्सी, सिमीको माग बढ्दै गएपछि यसको लोकप्रियतासँगै खेतीमा पनि आर्कषण बढेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए। विश्व बजारमा जुम्ली मार्सीको माग बढेसँगै तत्काल अष्ट्रेलियाबाट माग आएको छ। अबको ५/६ दिनमा अष्ट्रेलियामा ५ टन मार्सी र सिमी निर्यात गरिने भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?