बहुउपयोगी कुरिलो खेती प्रविधी / फाइदा

कुरिलो ( Asparagus officinalis) फूल जातिको बारमाशी फल्ने औषधिजन्य वनस्पति हो। यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रमती आदि नामले चिन्ने गरिन्छ भने आयुर्वेदमा यसलाई बुद्धिवर्दक , अग्निवर्धक , बात, पित्त, शोक अनि शुक्र दुर्बलता निवारक मानिन्छ ।

यो फूलको जराबाट चैत्र तथा वैशाख महिनाबाट टुसा पलाउन थाल्दछ र सो टुसा हामी तरकारी तथा अन्य जडीबुटीको रूपमा प्रयोग गर्दछौं। यसको काण्डमा मसिना काँडा पनि हुने गर्दछ भने सो काण्डबाट मसिना हाँगा हरु निस्कने गर्दछन्। यसको फल केराउको दाना जत्रो हुन्छ भने पाकेपछि फल राता वा निला रंगका हुन्छन्।

कुरिलो खेती सर्वप्रथम ग्रीस मा २५०० वर्ष अगाडिबाट गर्न थालिएको पाइन्छ भने त्यहाँका मानिसहरू कुरीलोलाई दाँत दुखेमा तथा मौरीको टोकाईबाट बच्न प्रयोग गर्दथे।नेपालमा कुरिलो को विभिन्न जातहरु प्रचलन मा आएको देखिन्छ जस्तै Washington , California 66 , California 500 ।

नेपालमा यसको खेती न्यानो र समशितोष्ण हावापानी भएको मध्य पहाडी क्षेत्रमा सफलताका साथ गर्न सकिनेहुदा मध्यपहाडी क्षेत्रमा कुरिलो खेती गरी राम्रो आम्दानी गर्न सक्ने सम्भावना देखिन्छ। कुरिलो खेतीका लागि चिसो जलवायु सँगसँगै मलिलो बलौटे माटो उपयुक्त मानिन्छ भने कुरिलो लगाएको ठाउँमा धेरै जसो घाम परिरहनुपर्दछ जसले गर्दा कुरिलोको बिकासमा मद्दत गर्दछ ।

चैत्र तथा वैशाख महिनामा पलाएको टुसा लाई हामी माटोसँग निकालेर उचित ठाउँमा लगाइन्छ। सो लगाएको टुसा बाट अर्को टुसा पलाउन थाल्दछ र त्यो टुसा लाई २ वर्ष सम्म नटीपी हुर्किन दिनुपर्छ र त्यसपछि सुरुमा ५ दिन बिराएर टिपिन्छ भने क्रमश रातमा तापक्रम बढ्दै जाँदा प्रत्येक २४ घण्टामा टिप्न सकिन्छ ।

नेपालमा कुरिलो खेतीमा अनुसन्धान कार्य नभएकोले यहाँको हावापानी तथा भौगोलिक अवस्थाले गर्दा सुहाउँदो जातहरुको विकास एवम छनौट भएको पाइँदैन। जसले गर्दा कुरिलो खेतीमा निकै समस्या आएको देखिन्छ।

जस्तै:
✓ कुरिलोको सिन्दुरे ढुसी : बिरुवाहरू सबै रातो , खैरो वा सुन्तला रंग को नभएसम्म जारी रहन्छ र त्यसपछि कालो हुन्छ ।
नियन्त्रण गर्ने उपाय : रोगी पात हरु काट्ने तथा गाईको गहुँत प्रयोग गरेर पनि नियन्त्रण गर्न सकिन्छ।

✓ किराको प्रकोप : खपटे , झुसिलकिरा ‘ माकुरा जस्ता किराको प्रकोप ले गर्दा कुरिलो नष्ट गरेको पाइन्छ ।
नियन्त्रण गर्ने उपाय: सकेसम्म विषादीको प्रयोग गर्नु हुँदैन घरमै जैविक विषादी बनाउने तथा किरालाई टिपेर फाल्ने गर्नुपर्छ ।

✓ पात तथा डाँठ पहेंलो हुने : धेरै पानी जम्ने ठाउँमा कुरिलो लगाउँदा यस्तो समस्या आउन सक्छ ।
नियन्त्रण गर्ने उपाय : खेतबाट पानी बग्ने गरी कुलो बनाउने ।

✓ कुरिलो को टुसा निहुरिने तथा एकैठाउँमा गुटुमुटु हुने: धेरै हावा लाग्ने तथा नजिक नजिक एकैठाउँमा कुरिलो लगाउनाले यस्तो समस्या देखिने गर्दछ ।
नियन्त्रण गर्ने उपाय : कुरिलो अलि टाढा टाढा लगाउने र हावा बाट बचाउने ।

कुरिलोका विशेषताहरु:

  • भिटामिन k , B9 को मुख्य स्रोत ।
  • Anthocyanin कणले गर्दा कुरिलोमा फरक रंग देखा पर्दछ।
  • फाइबर को मात्रा धेरै पाइने हुँदा उच्च रक्तचाप कम गर्दछ ।
  • कुरिलो मा फोलिक एसिड पाइन्छ जसले राता रक्तकण बनाउन सहयोग गर्दछ ।
  • कुरिलोमा asparagine तत्व पाइन्छ जसले मस्तिष्कको बिकासमा मद्धत पुर्याउँछ।
  • कुरिलो लाई धेरै जसो soup को रूपमा प्रयोग गरिन्छ भने कहिकतै तरकारीको रूपमा पनि सेवन गरिन्छ।

कुरिलो सेवनका फाइदाहरु :

  • रक्तचाप कम गर्ने,
  • क्यान्सर लाग्न बाट बचाउने,
  • हृदयघात तथा मुटुरोग लाग्न बाट बचाउने,
  • भिटामिन B 9 हुने हुँदा गर्भवती अवस्थामा आमा तथा बच्चालाई नशाको रोग लाग्न बाट बचाउने,
  • मोटोपन घटाउने,
  • शरीरमा रगतको मात्रा बढाउने,
  • स्त्री र पुरुषमा यौन दुर्बलता हटाउने।

बेफाइदाहरु

कुरिलो सेवन गर्दा खासै बेफाइदा गरेको पाइँदैन तर पिसाबमा दुर्गन्ध आउने र शरीर मा एलर्जी आउने जस्ता समस्या देखापरेको छ।

 

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?