चार दुग्ध उद्योगमाथि कारबाही

दूध उत्पादन

धादिङ: जिल्लाका चार दुग्ध उद्योगमा अनुगमन गरी कारवाही समेत गरिइएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु कार्यालयले संयुक्तरुपमा आज विभिन्न चार डेरीको अनुगमन गरी कारबाही गर्दा रु ४५ हजार राजस्व सङ्कलन समेत भएको छ ।

अनुगमन टोलीले पशुपति डेरीलाई रु १० हजार, एन के डेरीलाई रु १५ महांकाल डेरीलाई रु १० हजार र खनाल डेरीलाई १५ हजार जरिवाना गराइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

उनका अनुसार ती उद्योगका उत्पादनस्थलमा म्याद गुज्रिएका सामग्री फेला परेको, उत्पादन तथा प्रशोधन स्थल फोहोर भएको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पुरा नगरेको र उद्योग सञ्चालन भएको लामो समयसम्म पनि अनुमतिपत्र नलिएको भेटिएको थियो । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?