महाङ्काल गाउँपालिकाद्वारा लौठ सल्लाका बिरुवा वितरण

ललितपुर:

महाङ्काल गाउँपालिकाले यहाँका किसानलाई लौठ सल्लाका बिरुवा वितरण गरेको छ ।

कृषकको आयस्तर वृद्धि गराउन गाउँपालिकाले सल्लाका बिरुवा वितरण गरिएको गाउँपालिकाका कृषि शाखाप्रमुख मुरलीधर घिमिरेले बताए ।

उनले भने, “गाउँपालिकाले माग गरेको खुला निवेदनअनुरुप हाल्ने जति सबैलाई दामासाहीले प्रत्येक व्यक्तिलाई १५० गोटाका दरले वितरण गरेका हौँ।” गाउँपालिकाले डेढदेखि दुई वर्षका बिरुवा वितरण गरेको हुँदा अबका तीन देखि चार वर्षमा किसानले फाइदा लिन सक्ने घिमिरेले जानकारी गराएका हुन् ।

महाङ्काल क्षेत्रमा राम्रोसँग लौठ सल्ला उत्पादन भइरहेको हुँदा किसानको हितमा गाउँपालिकाले रु छ लाख खर्च गरी नौ हजार बोट वितरण गरेको गाउँपालिकाका प्राविधिक विकास दाहालले बताए। उनले भने, “गाउँपालिकाको भौगोलिक दृष्टिकोण तथा हावापानीका आधारमा यो वनस्पतिले निकै फाइदा दिने विश्वास लिएका छौ ।”

सो सल्लाका बिरुवा एक रोपनी जमीन बराबर ५० देखि ७० लगाउन मिल्ने दाहालको भनाइ छ। गाउँपालिकाले चालु आव २०७७-७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा वडा नं ३ सिसवनमा लौठ सल्ला पकेट क्षेत्र बनाई गाउँवासीको जीवन उकास्ने घोषणासमेत गरेको उपाध्यक्ष कमला तामाङले गरेकी थिईन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?