दानाको विकल्पमा अजोला खेती फस्टाउँदै

स्याङ्जा- प

शुपंक्षीको आहारा र दानाको लागत कम गर्न बैकल्पिक खेतीको रुपमा अजोला खेतीतर्फको आकर्षण स्याङ्जामा बढ्न थालेको छ ।

कोरोनाको कारण जारी गरिएको निषेधाज्ञाको समयमा ढुवानी असहज भएपछि पशुपंक्षीलाई खुवाउने दाना चापटको बिकल्पमा यो खेती फस्टाएको हो ।

लेउ प्रजातीको यो खेतीले ३० देखि ५० प्रतिशत दानाको खपत कम गर्ने भएपछि अहिले अजोला खेती गरिरहेका कृषकको फर्मलाई स्रोत केन्द्रको रुपमा विकास गदै अजोला वितरण गर्ने अभियान शुरु गरिने भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले जनाएको छ ।

यसको प्रयोगले दुग्धजन्य पशुमा दुधको बृद्धि गर्ने , मासुजन्य पशुपंक्षीमा तौलको बृद्धि गर्ने भएकोले अजोला खेती निकै फलदायी मानिएको छ ।

ठुलो संख्यामा पशुपंक्षी फर्म संचालन गर्दै आएका बाख्रा , गाई, भैंसी, कुखुरा र बंगुर फर्ममा यसको आकर्षण बढेको छ ।

घर वरीपरी फालिएको जमिनमा पोखरी निर्माण गरेर अजोला छर्न सकिन्छ । यसको उत्पादन ५ दिनमा नै दोब्बर हुने जानकारहरु बताउँछन् ।

यसलाई स्याङ्जा भित्र अभियानको रुपमा प्रयोग गर्दै बाहिर बाट आयता हुने दानाचापटको प्रतिस्थापन गर्न भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले कार्यक्रम नै संचालन गर्ने भएको छ ।।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?