अनुदानमा सुन्तला तथा कागतीको विरुवा वितरण

नर्सरी व्यवसाय

पाल्पा ।

बगनासकाली गाउँपालिकामा कृषि शाखाले किसानहरूको मागको आधारमा अनुदानमा सुन्तला तथा कागतीको विरुवा वितरण गरेको छ ।

गाउँपालिकाको फलफूल विरुवा वितरण कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा सुन्तला र कागती गरि १० हजार विरुवा वडा क्षेत्रका सवै कृषकहरुलाई मागको आधारमा वितरण गरिएको हो ।

लामो समयदेखि गाउँपालिकाका अधिकाम्स किसानहरुले बाँदरको सास्ती झेल्दै आएका छन् । पालिकाले बाँदर नियन्त्रणका लागी विभिन्न उपायहरु अवलम्वन गर्दा पनि पूर्णरुपामा नियन्त्रणमा आउन सकेको छैन् ।

बाँदरको आतंकबाट बच्नकै लागि किसानहरु अहिले वाली परिवर्तनसँगै बाँदरले नखाने तथा बाँदर कम लाग्ने वाली तथा फलपूmल लगाउन अग्रसर बनेका छन् ।

पालिकाभित्र बाँदरको अत्याधिक आतंक, सिचाईको अप्रयाप्तता, भूवनोट लगाएतलाई मध्यनजर गर्दे गाँउपालिकाले विशेष क्षेत्र निर्धारण गरेर सुन्तला तथा कागतीको पकेट क्षेत्रको रुपमा विस्तार गर्ने गरि यो कार्यक्रम लागु गरिएको बगनासकाली गाँउपालिकाका कृषि शाखा प्रमुख राजेश बोहोराले जानकारी दिनुभयो ।

गाँउपालिकाभित्रका कुनै पनि किसानहरुले जुनसुकै वेला आप्mना आवश्यकताको आधारमा माग हुन आएका कार्यक्रमको संवोधन तुरुन्त गरिने गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो।

किसानलाई आवश्यक पर्ने विउविजनदेखि प्राविधिक सहयोग समेत पालिकाले दिँदै आएको बस्यालको भनाइ छ ।

यसअघि गाँउपालिकाले वडा नं ८ र ९ मा ३ सय खाली मौरी घार र २५२ गोला घार सहित श्री घ्यूसिबास मिश्रित कृषक समूहवाट संचालन हुने गरि मौरी पकेट क्षेत्रको सुरुवात गरिसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?