मुला खाँदा फाइदै फाइदा

मुलाको स्वाद धेरैलाई मन नपर्न पनि सक्छ । धेरैले मुला खाएपछि स्वासको गन्ध नराम्रो हुने भन्दै मुलाको वरपरनै पर्दैनन् । तर मुला खानु स्वास्थ्यका लागि अति फाइदा युक्त छ ।

बेमौसमी तरकारीको उत्पादन शुरु भएसंगै अहिले बजारमा १२ महिना मुला पाइन्छ । मुलाले भोजन पचाउँने भएकाले आयुर्वेदले यसलाई पाचक समेत भनेको छ । यसले पाचन प्रक्रियालाई सुचारु राख्दा अनेकौं रोगका कीटाणुलाई शरीर बाहिर निकाल्न मद्दत गर्छ ।

यस्ता छन् मुला खानुको लाभ :

– महिनावारीमा आउने डन्डिफोरको समाधानमा दिनहुँ मुला खानु लाभदायक हुन्छ ।

– मुलाले रगत सफा मात्रै गर्दैन, रक्त सञ्चारमा समेत लय ल्याउँछ ।

– यसले छालामा भएका दाग वा पोतो निको पार्छ ।

– मुलामा गन्धक हुन्छ, त्यसैले यसको गन्ध नै धेरै प्रकारका रोग निको पार्न सहायक हुन्छ ।

– मुलामा भिटामिन ’ए’ पनि पाइन्छ, त्यसैले यो आँखाकालागि फाइदाजनक छ ।

– जाडोयाममा बिहानपख नियमित मुला खाए वृद्घावस्थासम्म आँखाको ज्योति राम्रो हुन्छ ।

– नियमित मुला सेवन गर्नेहरुमा कहिल्यै आँखाका अन्य रोगले सताउँदैन ।

– गर्मीयाममा मुला सेवन गर्दा शरीरमा धेरै प्रकारको लाभ मिल्दछ ।

– मुलाको सेवनले हरेक प्रकारको पाइल्स हटाउन लाभदायक मानिन्छ ।

– मृगौलाको खराबीले पिसाब बन्न बन्द भएमा मुलाको रस सेवन गर्दा लाभदायी हुन्छ ।

– मुला नियमित सेवन गर्ने व्यक्ति स्वस्थ, उत्साहित एवं उमंगले भरिपूर्ण हुन्छन् ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments